+
+

सूचना आयोगले त्रिविसँग माग्यो शुल्क समायोजनको प्रगति

विद्यार्थीहरूबाट लिइने शुल्कको विवरण पनि माग

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १ गते ११:५५

१ साउन, काठमाडौं । राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई पत्राचार गर्दै विद्यार्थीले उत्तरपुस्तिका हेर्दा र प्रतिलिपि लिँदा लाग्ने शुल्क समायोजनबारे प्रगति विवरण माग गरेको छ । आयोगले त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले विद्यार्थीहरुबाट विभिन्न शीर्षकमा लिने शुल्कको विवरण पनि माग गरेको छ ।

त्रिवि रजिष्ट्रारको कार्यालयसँग शुल्क समायोजनको प्रगति र परीक्षा नियन्त्रण कार्यालयसँग रकमको विवरण सात दिनभित्र माग गरिएको आयोगका मुद्दाशाखा प्रमुख एवम् उपसचिव बाबुराम पाण्डेले जानकारी दिए ।

यसअघि अनलाइनखबरले त्रिविले विद्यार्थीहरुबाट कानुनविपरित चर्को शुल्क लिइरहेको समाचार प्रकाशित गरेको थियो ।

आयोगले २०७१ साल असार २४ गते नै उत्तरपुस्तिकाको प्रतिलिपी लिन, उत्तरपुस्तिका हेर्न र ती प्रक्रिया पूरा गर्दा पालना गर्नुपर्ने सर्त पुनरावलोकन गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको थियो । तर, त्रिविले पुनरावलोकनको साटो झन् वृद्धि गरेर आयोगको आदेशको अवहेलना गर्दै आएको छ ।

त्यसअघि विद्यार्थी हकहित संरक्षण समितिका अध्यक्ष आशिष पौडेलले यी शीर्षकमा त्रिविले लिने शुल्क र विद्यार्थीले पालना गर्नुपर्ने सर्त सूचनाको हकसम्बन्धी ऐनविपरीत भएको जिकीर गर्दै सूचना आयोगमा पुनरावेदन दिएका थिए ।

सूचनाको हकसम्बन्धी ऐन ०६४ ले एकदेखि १० पेजसम्म निःशुल्क सूचना पाइने सुनिश्चित गरेको छ । १० पेजभन्दा बढी रहेछ भने ११ औं पेजदेखि मात्रै प्रतिपेज ५ रुपैयाँको दरले शुल्क लिन पाइन्छ ।

तर, उत्तरपुस्तिकाको प्रतिलिपि लिँदा परीक्षा नियन्त्रण कार्यालय बल्खुमा वार्षिक प्रणालीका विद्यार्थीहरुले २५ सय र सेमेष्टर प्रणालीका विद्यार्थीहरुले ५ हजार रुपैयाँ शुल्क बुझाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?