Comments Add Comment

‘जात्रै जात्रा’ हिट भएपछि दबाबमा वर्षा, भन्छिन्–‘अब फ्लप थेग्न सक्दिनँ’

यो बर्षको पहिलो सुपरहिट चलचित्र ‘जात्रै जात्रा’की नायिका हुन्, वर्षा राउत । वर्षालाई चलचित्र क्षेत्रमा यो चलचित्रले फेरि उचाइमा पुर्याएको छ । ‘जात्रै जात्रा’ सुपरहिट भएपछि वर्षाको माग पनि बढेको छ । तर, यसले नायिका राउतमाथि भने दबाब बढाएको छ ।

चलचित्र ‘जात्रै जात्रा’पछि वर्षाले कुनै पनि चलचित्रमा काम गर्ने गरि संझौता गरेकी छैनन् । वर्षा तत्काल आफू चलचित्र साइन गर्ने मुडमा नरहेको सुनाउँछिन् । वर्षाका अनुसार, उनी अहिले ‘जात्रै जात्रा’को हिट व्यापारसँगै दबाबमा छिन् । यसैले धेरै पटक सोचेर मात्र चलचित्रमा काम गर्ने उनको योजना छ ।

वर्षा भन्छिन्–‘अब म अर्का फ्लप फिल्म थेग्न सक्दिनँ । यसैले कुुर्छ तर राम्रो चलचित्रमा काम गर्छु ।’ वर्षाले आफूलाई केही चलचित्रको अफर आएको पनि सुनाइन् । वर्षा मात्र होइन, हिट चलचित्र दिएपछि कलाकारहरु दबाबमा आउने गरेका छन् । जसलेगर्दा, उनीहरुले नयाँ चलचित्रमा साइन गर्न समय लगाएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment