Comments Add Comment

लाहोरबाट पक्राउ परे हाफिज सइद

१ साउन, काठमाडौं । मुम्बई आक्रमणका मास्टरमाइन्ड मानिएका हाफिज सइद पाकिस्तानको लाहोरबाट पक्राउ परेका छन् । उनलाई कोट लखपत जेल पठाइएको छ ।

उनलाई ३० दिनपछि अदालतमा पेश गरिने पाकिस्तानको आतंक निरोधी विभागले जनाएको छ ।

सइद मुम्बई आक्रमणका अभिव्यक्त हुन् । उनलाई पाकिस्तान सरकारले चरमपन्तका लागि रकम जम्मा गरेको आरोपमा पक्राउ गरेको बीबीसीले जनाएको छ ।

पञ्जाबका राज्यपाल शाहबाज गिलका प्रवक्ताले भने, ‘उनीमाथि मुख्य आरोप यो छ कि प्रतिबन्ध लागेको संस्थाका लागि चन्दा संकलन गरिरहेका थिए, जुन गैरकानुनी हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment