Comments Add Comment

एनिमेसन स्टुडियोमा आगजनी, २४ जनाको मृत्यु

Photo Credit : dailymail

२ साउन, टोकियो । जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमेसन स्टुडियोमा बिहीबार भएको संदिग्ध आगजनीमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएका छन् । भीषण आगआगी योजनाबद्ध रुपमा गरिएको प्रहरीको भनाइ छ ।

आगजनीको समयमा भवनमा कार्यरत धेरै व्यक्तिहरु भाग्न असफल भएकाले मृतकको सङ्ख्या अझ बढ्ने आशङ्का गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । भूइँ तला र पहिलो तलामा १२ जनालाई गम्भीर अवस्थामा उद्धार गरिएको र उनीहरुमा श्वासप्रश्वासको समस्या देखिएको अग्नि नियन्त्रण विभागमा अधिकारीहरुले एएफपीलाई बताएका छन् ।

आगजनीमा मारिएका प्रायः व्यक्ति कम्पनीमा कार्यरत थिए । सरकारी अधिकारीहरुका अनुसार यस आगजनीमा परी ३५ व्यक्ति घाइते भएका र तीमध्ये १० जनाको अवस्था चिन्ताजनक ।

प्रहरीले एक शंकास्पद अधवैंशे व्यक्तिलाई घाइते अवस्थामा नियन्त्रणमा लिएको छ । उनको स्थानीय अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । उनले पेट्रोलजस्तो देखिने तरल पदार्थ लिएर भवनभित्र प्रवेश गरेको सिसिटिभी फुटेजमा देखिएको छ । उनले नै भवनको तल्लो तलामा पेट्रोल छर्केर आगो लगाएको आशंका प्रहरीले गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment