Comments Add Comment

सुमीको एक्सनमा ‘सरौतो’को टिजर

नेपालमा एक्सनप्रधान चलचित्र त धेरै बन्छन् । तर, नायिकालाई नै केन्द्रमा राखेर एक्सनप्रधान चलचित्र कम मात्र बनेका छन् । यही क्रममा, कात्तिक २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सरौतो’को एक्सनप्रधान चलचित्र सार्वजनिक भएको छ ।

सार्वजनिक भएको टिजरमा मुख्य नायिका सुमी मोक्तानलाई एक्सनप्रधान भूमिकामा देखिएको छ । टिजरमा सुमीसँगै सन्नी सिंह र लियो ट्यांकलाई देखाईको छ । चलचित्रमा सुमी र सन्नीसँगै विजय लामा , युवराज लामा , धिरेन शाक्य, आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक, मनिषा पुनमगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय छ ।

यो चलचित्रलाई हरि हुमागाँइले निर्देशन गरेका हुन् । बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई बदलाको कथामा निर्माण गरिएको बताइएको छ ।

चलचित्रमा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाँईको छायांकन , निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको एक्सन रहनेछ । चलचित्रका निर्देशक हरि हुमागाँइले टिजरमा चलचित्रको कथा सारलाई प्रस्तुत गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment