+

भारतीय क्रिकेट टिमको घोषणा, धोनी परेनन्

२०७६ साउन  ५ गते १६:३९ २०७६ साउन ५ गते १६:३९
भारतीय क्रिकेट टिमको घोषणा, धोनी परेनन्

५ साउन, काठमाडौं । वेष्ट इन्डिजविरुद्ध खेल्ने भारतीय क्रिकेट टोलीको घोषणा भएको छ । तर टोलीमा पूर्वकप्तान महेन्द्रसिंह धोनी भने छैनन् ।

आइतबार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले विराट कोहलीको कप्तानीमा वेष्ट इन्डिजविरुद्ध टिमको घोषणा गरेको हो । विराटकै काप्तानीमा भारतले वेष्ट इन्डिजविरुद्ध टेष्ट, एकदिवसीय र टी–२० क्रिकेट सिरिज खेल्नेछ ।

टेष्ट क्रिकेटबाट सन्यास लिइसकेका पूर्वकप्तान धोनी भने एकदिवसीय र टी–२० क्रिकेट सिरिजमा टोलीमा परेका छैनन् । त्यस्तै, भारतका नियमित सदस्य हार्दिक पाण्ड्या टोलीमा परेका छैनन् ।

टेष्ट टोली

विराट कोहली (कप्तान), मयंक अग्रवाल, केएल राहुल, चेतेश्वर पुजरा, अजिंक्या रहाने, हनुमा विहारी, रोहित शर्मा, ऋषभ पन्त, वृद्धिमान साह, रभिचन्द्रन अश्विन, रविन्द्र जडेजा, कुलदीप यादव, इशान्त शर्मा, मोहम्मद शामी, जस्प्रित बुमराह, उमेश यादव ।

एकदिवसीय टोली

विराट कोहली (कप्तान), केएल राहुल, शिखर धवन, श्रेयस ऐयर, मनिष पाण्डे, रोहित शर्मा, ऋषभ पन्त, रविन्द्र जडेजा, कुलदीप यादव, युजभेन्द्र चाहाल, केदार जाधव, भुवनेश्वर कुमार, मोहम्मद शामी, खालिल अहमद, नभदिप सइनी ।

टी–२० टोली

विराट कोहली (कप्तान), केएल राहुल, शिखर धवन, श्रेयस ऐयर, मनिष पाण्डे, रोहित शर्मा, ऋषभ पन्त, रविन्द्र जडेजा, क्रुनाल पाण्ड्या, वासिङ्टन सुन्दर, राहुल चाहार, भुवनेश्वर कुमार, खालिल अहमद, दिपक चाहार, नवदीप सइनी ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय