+
+
Shares

बिरामीको मृत्युपछि रामजानकी अस्पतालमा नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ५ गते १९:५४

५ साउन, जनकपुरधाम । जनकपुरधामस्थित रामजानकी अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले नाराबाजी गरेका छन् ।

जानकी मन्दिरको पछाडिको यो अस्पतालमा आइतबार दिउँसो पेट दुखेर उपचार गर्न आएका धनुषा बटेश्वर गाउँपालिकाका ४० वर्षका विन्देश्वर ठाकुरको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्तले विरोध जनाएका हुन् ।

उनीहरुले उपचारमा लापरबाही गर्ने डाक्टरलाई कारबाही र क्षतिपुर्तिको माग गर्दै नाराबाजी गरेका छन् । मृतकका आफन्तले अस्पताल घेराउ गर्दै नाराबजी गरेपछि अस्पतालमा प्रहरी परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?