+

सिंगापुरको विजयी सुरुवात

२०७६ साउन  ६ गते १४:५६ २०७६ साउन ६ गते १४:५६
सिंगापुरको विजयी सुरुवात

६ असार, काठमाडौं । टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणमा सिंगापुरले जित हात पारेको छ ।

घरेलु टोली सिंगापुरले कतारलाई ३३ रनले पारजित गरेको हो । १८७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १५३ रन मात्रै बनाउन सक्यो ।

कतारका लागि कप्तान तमोर सज्जादले ३४ र मोहम्मद रिज्लानले ३३ रन बनाएपनि सिंगापुरलाई हराउन सकेन । सिंगापुरका लागि अमजाद मेहबुब र जनक प्रकासले समान ३-३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १८६ रन बनाएको थियो । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले ४७ रन बनाए ।

नेपालले भने आफ्नो पहिलो खेलमा भोलि कतारसँग प्रतिस्पर्धा गर्दैछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय