Comments Add Comment

‘कबड्डी कबड्डी कबड्डी’को ‘दुबो फुल्यो’ सार्वजनिक

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘दुबो फुल्यो’ बोलको गीतमा हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर, एसडी योगीकोि संगीत, हर्क साउदको शब्द छ । लोक लयको यो गीतको भिडियोलाई रेनशा वान्तवा राइले निर्देशन गरेकी हुन् ।

चलचित्रको यो गीतमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, विजय बराल, माओत्से गुरुङ लगायतलाई फिचरिङ गरिएको छ । चलचित्रमा रीश्मा गुरुङ, वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन छ । रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रमा रामबाबुको साथमा उपेन्द्र सुब्बाको स्क्रिप्ट छ । चलचित्रमा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियारको लगानी छ । यो चलचित्र भदौको १३ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment