Comments Add Comment

दोहोरिंदै धडक जोडी जान्हबी र ईशान

बलिउड अभिनेता ईशान खट्टर तथा अभिनेत्री जाहन्वी कपूरको सुपरहिट डेब्यू फिल्म ‘धडक’ ले हिजो शनिवार एक वर्ष पुरा गरेको छ । उक्त फिल्म जाहन्वीको डेब्यू थियो भने ईशानको दोस्रो । उक्त फिल्मको निमर्ँण करण जौहरले गरेका थिए । फिल्मले एक वर्ष पुरा गरेको अवसर पारेर करणले पुनः एक पटक उक्त सफल जोडीलाई फिल्ममा दोहोर्‍याउने योजना सार्वजनिक गरेका छन् ।

एउटा समाचारमा जनाइए अनुसार करणले निकट भविष्यमै ईशान र जान्हवीलाई लिएर फिल्म बनाउने योजना बनाइरहेका हुन् । उक्त फिल्मलाई बिजाय नाम्बियारले निर्देशन गर्नेछन् । बिजोयले यसअघि शैतान तथा वजीर जस्ता फिल्म निर्देशन गरिसकेका छन् । उक्त फिल्म रोमान्टिक थि्रलर शैलीको हुनेछ ।

जाहन्वी तथा ईशान यतिबेला आ-आफ्नै नयाँ फिल्ममा व्यस्त छन् । जाहन्वी अहिले एयर फोर्स पाइलट गुञ्जन शर्माको बायोपिकको छायांकनमा व्यस्त छिन् । उक्त फिल्मसंगै उनी अहिले राजकुमार राव स्टारर फिल्म रुही-अफ्जाको छायांकनमा पनि सक्रिय छिन् । यसबाहेक उनको खातामा करण जौहरकी फिल्म तख्त पनि छ ।

अर्कोतिर ईशान भने निर्देशक अली अब्बास जफरको प्रोडक्सन डेब्यू फिल्मको छायांकनमा व्यस्त हुँदैछन् । उक्त फिल्ममो उनीसँगै अनन्या पाण्डे पनि देखिने छिन् । यसबाहेक ईशानले सञ्जय लीला भन्सालीको एउटा नयाँ फिल्ममा काम गर्ने कुरा पनि चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment