Comments Add Comment

‘कविर सिंह’पछि कियराको माग बढ्दो, ‘इन्दु कि जवानी’मा अनुवन्धित

नायिका कियरा अड्वानी अहिले चर्चामा छिन् । चलचित्र ‘कविर सिंह’ले बक्स अफिसमा धमका पिटेसँगै उनको चर्चा पनि चुलिएको छ । नायिका कियरा नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । चलचित्र ‘इन्दु कि जवानी’को शिर्ष भूमिकाको लागि उनी अनुबन्धित भएकी हुन् ।

चलचित्रमा उनले इन्दुको भूमिका निर्वाह गर्नेछिन् । निर्माण युनिटले कियराको जोडी पनि पक्का गरिसकेको छ । कियरासँग ‘स्टुडेन्ट अफ दि इअर २’मा काम गरेका कलाकार आदित्य सेयलले रोमान्स गर्नेछन् ।

आदित्य आफैले यो कुराको जानकारी सामाजिक संजाल मार्फत दिएका हुन् । उनले भनेका छन्–‘म यो चलचित्रमा अनुबन्धित छु । किन म नै यो चलचित्रमा छु भन्ने कुरा तपाईहरुले चलचित्र हेरेपछि थाहा पाउनु हुनेछ ।’ त्यस्तै कियराले पनि आफूले चलचित्रमा निर्वाह गर्नुपर्ने भूमिका निकै राम्रो भएको प्रतिक्रिया भारतीय मिडियालाई दिएकी छिन् । उनले भनेकी छिन्–‘चलचित्रको नाम नै मेरो क्यारेक्टरबाट छ । साच्चिकै चलचित्रको क्यारेक्टर राम्रो भएर यो चलचित्रमा काम गर्न लागेकी हुँ ।’

बंगाली चलचित्र मेकर अविर सेन्गुप्ताले निर्देशन गर्ने यो चलचित्र ‘इलेक्ट्रिक एप्पल इन्टरटेन्टमेन्ट’ र ‘इम्मीत प्रोडक्सन’को व्यानरमा निर्माण हुनेछ । चाडै छायांकनको तयारीमा रहेको चलचित्रलाई सन् २०२० मा रिलिज गर्ने योजना निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment