Comments Add Comment

सप्तरीमा चट्याङ् लागेर २ जनाको मृत्यु

७ साउन, जनकपुरधाम । सप्तरीमा चट्याङ् लागेर दुईजनाको मृत्यु भएको छ ।

जिल्लाको हनुमाननगर-कंकालनी नगरपालिकामा एक महिला र सुरुङ्गा  नगरपालिकामा एक पुरुषको मंगलबार चट्याङ् लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सुरुङ्गा नगरपालिका-३ का ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कंकालनी नगरपालिका- ११ निवासी ४५ वर्षीया शिबशतीदेवी पण्डित रहेको प्रहरीले जनाएको छ ।

चौधरीलाई खेतमा काम गरिरहँदा र पण्डित खेतमा काम गरिरहेका आफ्ना श्रीमानलाई खाना पुर्‍याएर फर्किरहँदा चट्याङ् लागेको थियो ।

चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्कालै उपचारका लागि लहान लगिए पनि अस्पतालमै मृत्यु भएको थियो भने पण्डितको घट्नाास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment