Comments Add Comment

यसरी गरौं गर्मी मौसममा घरको सजावट

गर्मी मौसममा घरको सजावटको पनि विशेष महत्व हुन्छ । थोरै मेहेनत गरेर केही अति नै सरल उपायहरु अपनायौं भने हामीले यो मौसममा पनि आफ्नो घरलाई आकर्षक तरिकाले सजाउन सकिन्छ ।

सबैभन्दा पहिला घरको झ्यालबाट सजावटको कार्य थालनी गर्नु पर्दछ । गर्मी मौसममा लाग्ने बित्तिकै झ्यालको पर्दा नै परिवर्तन गर्नु पर्छ । जाडोयाममा हालिएको बाक्लो तथा प्रकाश नै छेकिने खालको पर्दाको ठाउमा पातलो तथा हल्का उज्यालो रंगको पर्दा प्रयोग गर्नु पर्छ । यसले कोठा उज्यालो देखिनुका साथे झ्यालबाट हावा पनि आउने-जाने गर्छ ।

गर्मी मौसममा बैठक कोठाको सोफा, ओछ्यानमा बिछ्याइने तन्ना, तकिया आदि हल्का रंगको हुनुपर्छ । यसका लागि हल्का नीलो, हल्का पहेंगो तथा हल्का कलेजी रंग उत्कृष्ट मानिन्छ । यसका लागि सुतीका कपडा उपयुक्त हुन्छ ।

हावा आउन-जानका लागि ढोकामा समेत हल्का पातला सुतिको कपडालाई पर्दाको रुपमा प्रयोग गर्न सकिन्छ ।

यदि गर्मी मौसममै घरमा रंग लगाउने बारेमा सोच्नु भएको छ भने त्यसका लागि हल्का पहेंलो, आकाशे, नीला, फुस्रो, हल्का सेतो आदि रंग छनौट गर्न सक्नु हुनेछ । यदि पुरै घरमा रंग लगाउने योजना बनाउनु भएको छ भने कोठाको भित्ता नै पिच्छे अलग-अलग रंग लगाउन सकिनेछ ।

गर्मी मौसममा वासनादार फूलहरुले घरलाई सजाउन सकिन्छ । यसले तपाईंको घर प्राकृतिक रुपमै सुगन्धित हुन्छ । त्यसका लागि घरका हरेक कोठामा इन्डोर प्लान्ट पनि लगाउन सकिन्छ ।

घर भित्रका फर्निचरलाई पनि व्यवस्थित तरिकाले राख्न सकिन्छ । अचेल घर भित्र भद्दा फर्निचर भन्दा हल्काफुल्का फर्निचरको प्रचलन बढेको छ । कोठामा आवश्यकताभन्दा बढि फर्निचरले तपाईंको कोठा अशोभनीय देखिन सक्छ ।

घरको भित्तामा फोटै-फोटो अथवा प|mेमै फेम राखेर भद्दा बनाउनु राम्रो हुँदैन । एउटा भित्तामा एउटा-दुई वटा आकर्षक पेन्टिङले सजाउँदा कोठा सुन्दर पनि देखिन्छ ।

घर भित्र तथा बाहिर ह्याङ्गिङ फूलहरु लगाउन सकिन्छ । त्यसले पनि तपाईंको घर सुन्दर देखिन्छ ।

घरमा लाइटिङको व्यवस्था राम्ररी गर्नु पर्छ । अहिले बजारमा विभिन्न प्रकारका ल्याम्पहरु उपलब्ध छन् । ती ल्याम्पहरुको प्रयोगले तपाईंले आफ्नो कोठालाई सुन्दर बनाउन सक्नु हुन्छ ।

काठको डाइनिङ टेबल, कुर्सी, ड्रेसिङ टेबल आदिमा ग्लसी पेन्ट लगाएर त्यसलाई गर्मी मौसम अनुरुप ढाल्न सकिन्छ ।

बेडरुमको सजावटलाई बेला-बेलामा परिवर्तन गरिरहनु पर्छ । यदि त्यसो गर्न अल्छि लाग्छ भने गर्मीको मौसममा बेडको बेड कभर तथा सिरानीलाई हप्ताको एक-दुई पटक परिवर्तन गर्न सकिन्छ । ती चिजको रंग चम्किलो हुनु अनिवार्य छ । त्यसले बेड रुमलाई आकर्षक देखाउ-दुई पटक परिवर्तन गर्न सकिन्छ । ती चिजको रंग चम्किलो हुनु अनिवार्य छ । त्यसले बेड रुमलाई आकर्षक देखाउँछ ।

घरको झ्यालमा हर्बल प्लान्ट राख्न सकियो भने बाहिरबाट आउने हावालाई त्यसले स्वच्छ तथा हबर्ल जस्तै सुगन्धित बनाउँछ ।

बैठक कोठालाई रमणीय बनाउनका लागि कोठाको बीचमा राखिने टेबलमा एउटा शिशाको भाँडोमा कागती, सुन्तला तथा मौसम जस्ता फलफूल राख्दा राम्रो देखिन्छ ।

मुल ढोकामा राखिएको डोरमेटलाई पनि परिवर्तन गरिरहनु पर्छ । गर्मी तथा बर्खाको बेला प्लाष्टिकका डोरमेट टिकाउ हुन्छन् ।

गर्मी मौसममा बैठक कोठाबाट अनावश्यक सजावटका सामाग्रीहरुलाई स्टोर कोठामा राख्नु पर्छ । जाडो मौसममा पुनः ती सामाग्रीहरुलाई बैठक कोठामा राख्न सकिन्छ ।

बैठक तथा बेड रुममा पहेंलो रंगका बत्तीको साटो सेतो रंगका बत्ती प्रयोग गर्नु पर्छ । पहेंलो रंगको बत्तीले थप गर्मी भएको महसुस हुन्छ । सेतो बत्तीले भने शिलतला प्रदान गरेको अनुभव गराउँछ ।

यदि तपाईंको घरमा बगैंचा पनि छ भने त्यहाँ पनि हल्का रंगको फर्निचर राख्न सकिन्छ । बगैंचाको खुला ठाउँमा खेल्ने ठाउँ छ भने बालबालिकालाई घामबाट जोगाउनका लागि ठूलै आकारको स्ट्याण्ड छाता राख्न सकिन्छ ।

गर्मी मौसममा सूर्यको प्रकाश सोझै कोठा भित्र नछिरोस् भन्नका लागि सकेसम्म सेतो पृष्ठभूमि भएको पर्दाको प्रयोग गर्नु पर्छ । सेतो रंगले सूर्यको प्रकाशलाई परावर्तन गरेर कोठालाई तातो हुनबाट जोगाउँछ ।

आइरल, डायर, वासिङ मेसिन जस्ता विद्युतीय उपकरणहरु सकेसम्म बिहान अथवा बेलुकामात्र प्रयोग गर्नु पर्छ । मध्यान्नमा प्रयोग गर्दा यी उपकरणले थप तापक्रम बढाउने सम्भावना हुन्छ ।

गमीको बेला दिउँसो टेलिभिजन नहेरेकै राम्रो । गर्मीमा विद्यूतीय उपकरणहरु अझ बढि तात्ने डर हुन्छ ।

गर्मीबाट बच्नका लागि टेबुल अथवा सिलिङ फ्यान प्रयोग गर्नु पर्छ । टेबुल फ्यानको अघिल्तिर एउटा भाँडामा आइसका केही टुक्रा राखिदिनाले कोठामा थप शितलता महसुस गर्न सकिन्छ ।

बिजुलीबाट चर्को प्रकाश फाल्ने ट्यूबलाइट, धेरै वाटका बल्बहरुको साटो एलईडी अथवा सिएफएल वल्व प्रयोग गर्न सकिन्छ ।

बिहान र बेलुका घरको झ्याल र ढोका खुल्ला राख्नाले ताजा हावाको आनन्द लिन सकिन्छ ।

घरको छत तथा बाहिरी भित्तामा सेतो रंग लगाउनु पर्छ, जसले सूर्यको प्रकाशलाई परार्वत गरेर घरलाई तातो हुनबाट जोगाउँछ ।

घरको भित्तामा भेन्टिलेसन छ भने त्यसलाई खुला बनाउनु पर्छ । यदि भेन्टिलेसन छैन भने एक्जस्ट फ्यान नै भए पनि राख्नु पर्छ । त्यसले कोठाको तातो हावालाई बाहिर फाल्न सहयोग पुर्‍याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment