Comments Add Comment

अब खातामा पैसा जम्मा गर्न मेसिन प्रयोग गरिने

८ साउन, काठमाडौं । एटीएम मेसिनबाट पैसा झिक्न त हामी सबै अभ्यस्त नै छौं । तर, यस्तै खालको मेसिनबाट बैंकमा पैसा जम्मा गर्न पनि सकिन्छ भन्ने चाहिँ कमैलाई थाहा छ । अब नेपालमा पनि यस्तो मेसिन प्रयोगमा ल्याउने सरकारले तयारी गरेको छ ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा क्यास डिपोजिट मेसिन (सीडीएम) मार्फत खातामा निक्षेप जम्मा गर्न सकिने व्यवस्था मिलाइने उल्लेख छ । यदि यो मेसिन प्रयोगमा आएको खण्डमा सेवाग्राहीले आफ्नो पैसा जम्मा गर्न बैंकमा लामो लाइन बस्नुपर्ने छैन । न त कुनै फाराम नै भर्नुपर्छ ।

मेसिनमा रकम राखेर डेबिट कार्ड नम्बर वा बैंक खाता नम्बर इन्ट्री गरेपछि निश्चित ठाउँमा चाहेको पैसा छिराइदिनुपर्छ । मेशिनमा रकम राख्न निक्षेपकर्ता आफैले सक्ने भएकाले यसलाई सेल्फ सर्भिस डिपोजिट पनि भनिन्छ । यसरी हालेको रकम तत्कालै खातामा पुग्छ भने निक्षेपकर्ताले तुरुन्तै डिपोजिड स्लीप पनि प्राप्त गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment