Comments Add Comment

‘झिंगे दाउ’मा आँचलको इन्ट्री

ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको चलचित्र ‘झिंगे दाउ’मा नायिका आँचल शर्माले पनि काम गर्ने पक्का भएको छ । नायिका शर्माले बुधबार चलचित्रमा काम गर्ने गरी संझौता गरेकी हुन् । यो चलचित्रमा कलाकार मुकुन भुषाल र नायिका केकी अधिकारी फाइनल भैसकेका छन् ।

चलचित्रमा नायिका आँचल शर्मालाई लिएको पुष्टी यसका निर्देशक देउजाले पनि गरेका छन् । यस्तै, शर्माले अनलाइनखबरसँग कुराकानी गर्दै भनिन्–‘यो चलचित्र महिला केन्द्रित छ । जसमा केकीजी र म मुख्य भूमिकामा छौ ।’

आँचलले चलचित्रमा आफूले अभिनय देखाउन पाउने आशा समेत व्यक्त गरिन् । उनले भनिन्–‘म अहिले नै चलचित्रको बिषयमा धेरै बोल्न त सक्दिनँ । तर, यो चलचित्रले महिलाले घर र समाजलाई कसरी विगार्न सक्छन् भनेर देखाउन खोजेको छ ।’ आँचलले आफूलाई आफ्नो भूमिका शक्तिशाली लागेर नै काम गर्न लागेको सुनाइन् ।

यो बर्ष आँचलले चलचित्र ‘दाल भात तरकारी’पछि कुनै पनि चलचित्रमा संझौता गरेकी थिइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment