Comments Add Comment

‘कबिर सिंह’का आलोचकलाई साहिदको कडा जवाफ

रिलिज भएको पहिलो दिनदेखि नै बक्स अफिसमा धमकेदार व्यापार गरिरहेको चलचित्र ‘कबिर सिंह’ले आलोचना पनि उस्तै भोग्यो । चलचित्रले महिलामाथि न्याय नगरेको आरोप लगाइयो । चलचित्रमा नायक साहिद कपुरले नायिका कियरा आडवानीमाथि थप्पड हानेको बिषयमा समेत आलोचना भयो ।

तर, चलचित्रले बक्स अफिसमा ब्ल्कबस्टरको व्याापर गरेपछि नायक साहिद कपुरले यो बिषयमा मुख खोलेका छन् । उनले एक अन्र्तवार्तामा भनेका छन्–‘बलिउडमा यस्ता कैयौ चलचित्र रिलिज भएका छन्, जसमा यस्तो भूमिका देख्न सकिन्छ । तर, मानिसहरुले ती चलचित्रमा केही पनि बोलेनन् ।’ साहिदले अगाडि भने–‘चलचित्र सञ्जुमा एक श्रीमान्ले आफ्नै श्रीमतीको अगाडि आफू ३ सय महिलासँग सुतिसकेको बताउँदा आलोचना भएन । यो दृश्यमा कसैले पनि केही बोलेन ।’

साहिदले आलोचकसँग असन्तुष्टी पोख्दै भनेका छन्–‘जब यस्तो भूमिका हलिउडको कुनै नायकले गरे भने उनको प्रशंसा गरिन्छ । यस्तो भूमिका निर्वाहा गर्ने कलाकारलाई बहादुर भनिन्छ । तर, बलिउडमा यस्तो भूमिका कसैले निर्वाहा गर्छ भने उसको आलोचना हुन्छ । यो एकदमै गलत कुरा हो ।’

साहिदले चलचित्रलाई चलचित्रकै आँखाले हेर्नुपर्ने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment