Comments Add Comment

क्रिकेट रंगशालाका लागि उद्योग बाणिज्य संघ चितवन दियो ५५ लाख

९ साउन, चितवन । निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उद्योग बाणिज्य संघ चितवनले ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ ।

संघको कार्यालय नारायणगढमा बिहीबार एक कार्यक्रमका बीच संघका अध्यक्ष सहनलाल प्रधानले चेक धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई हस्तान्तरण गरेका हुन् ।

संघले रंगशाला निर्माणका लागि १ करोड रकम दिने घोषणा गत जेठ १० गते गरेको थियो । सोही घोषणाअनुसार पहिलो किस्तामा यो रकम हस्तान्तरण गरेको हो ।

संघले गतवर्ष आयोजना गरेको चितवन महोत्सवबाट वचत भएको रकम क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गरेको हो ।

बाँकी रकम क्रमशः निर्माणको चरणमा हस्तान्तरण गर्दै जाने अध्यक्ष प्रधानले बताए । साथै सोही कार्यक्रममा चितवन क्रिकेट संघले २ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ । क्रिकेट संघका अध्यक्ष कैलास प्रधानले चेक हस्तान्तरण गरे ।

क्रिकेट रंगशालामा आवश्यक सेनिटरी समानहरु रोक्का कम्पनीका तर्फबाट थपलिया एण्ड ब्रदर्श नारायणगढले उपलब्ध गराउने घोषणा गरेको छ ।

आवश्यक सामानहरुको परिमाण आएपछि उपलब्ध गराइने थपलिया एण्ड ब्रदर्शका चितवन प्रमुख दिनेश थपलियाले जानकारी दिए । उनले कम्पनीका तर्फबाट क्याटलक फाउण्डेशनका अध्यक्ष कट्टेललाई हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment