+
+
Shares

दशगजा मिचेर भारतले बनायो प्रहरी चौकी

संसदमा कुरा उठाउँछु : घनश्याम भुसाल

टोपराज शर्मा टोपराज शर्मा
२०७६ साउन ९ गते १९:३३

९ साउन, बुटवल । दुई देशबीचको सन्धी सम्झौता विपरीत दशगजा क्षेत्र मिचेर भारतीय पक्षले रुपन्देहीको बेलहिया क्षेत्रमा संरचना निर्माण गरेको छ । नेपाल र भारतको सीमा क्षेत्रको दशगजा मिचेर भारतीय पक्षले प्रहरी चौकी निर्माण गरेको हो ।

दुबै देशले दशगजाको ३० फिट सीमा छोड्नुपर्नेमा भारतीय पक्षले सीमाभित्र नै प्रहरी चौकी निर्माण गरी सन्धिको उल्लंघन गरेको हो । सीमा स्तम्भबाट नेपालतर्फ दशगजा क्षेत्रबाट थप २१ फिट जग्गा नेपालको बाँकी रहेको छ । हाल सडक विस्तारका क्रममा नेपालका केही सरकारी कार्यालयहरु भत्काउने सन्दर्भमा यो तथ्य भेटिएको हो ।

दशगजा क्षेत्र मिचेर भारतले प्रहरी चौकी निर्माण गरेको पाइएपछि जमिनको स्वामित्वसम्बन्धी विवाद उत्पन्न भएको छ । यस विषयमा भैरहवावासीले सो क्षेत्रका प्रतिनिधि सभा सदस्य घनश्याम भुसाललाई जानकारी गराएपछि सांसद भुसालले बिहीबार नै दशगजा क्षेत्रको अवलोकन गरेका छन् ।

दशगजा मिचिएको थाहा भएपछि स्थानीयको सक्रियतामा सांसद भुसालकै उपस्थितिमा नापी कार्यालय, जिल्ला प्रशासन र सीमा सुरक्षा गणका प्रतिनिधिका रोहबरमा नेपालको छुटेको जमिनको नापजाँच गरिएको छ ।

‘दशगजाको सीमा मिचिनु सामान्य विषय होइन, यो गम्भीर हो’ सांसद भुसालले भने, ‘यो समस्यालाई स्थानीय प्रशासनले आफ्नो तहबाट भारतीय पक्षसँग कुरा गरेर सुल्झाउन प्रयास गर्नुपर्छ,यसबारेमा मैले संघीय संसदमा कुरा उठाएर सरकारको ध्यानाकर्षण गराउँछु ।’

सीमा मिचिने कुरा कति क्षेत्रफलको जमिन मिचियो भन्ने विषय हुन नसक्ने र यो कुरा दुई देशबीचको समानता र मुलुकको सार्वभौमिकतासंग जोडिएको विषय भएकाले समस्यालाई कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा सांसद भुसालले जोड दिएका छन् ।

नेपालको सीमा मिचिएकोमा आक्रोशित स्थानीय बासिन्दालाई सांसद भुसालले नेपालका पक्षमा निर्णय हुने विश्वास दिलाउंदै संयमता अपनाउन आग्रह गरेका थिए ।

दुई देशबीचको सीमाको विवाद संघीय सरकारको अधिकार क्षेत्रभित्र रहेकाले जिल्ला तहबाट भन्दा पनि संघीय सरकारको तहबाटै समाधान गरिनुपर्ने रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?