+
+

बोटलर्स नेपाल लिमिटेडलाई बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ९ गते २०:५७

९ साउन, काठमाडौं ।  नेपाल चार्टर्ड एकाउन्टेन्टस् अफ नेपाल (आईक्यान) ले कोका–कोला नेपालको बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेडलाई बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१८ को रनर अप अवार्डबाट सम्मानित गरेको छ । २०१८ को वार्षिक रिपोर्टमा सबै क्षेत्रमा उत्कृष्टताका लागि यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो ।

आईक्यानले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले बोटलर्स नेपाल लि.का कन्ट्री फाइनान्स म्यानेजर सुमित गोयल तथा बोटलर्स नेपाल लि.का फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई अवार्ड प्रदान गरेका छन् । बोटलर्स नेपाल लिमिटेडले विगत ४ वर्षदेखि निरन्तर बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड जित्दै आइरहेको छ । बोटलर्स नेपाल लिमिटेड सन् २०१५, २०१६ र २०१७ मा क्रमशः सेकेन्ड रनर अप, फर्स्ट रनर अप तथा विजेताको अवार्ड जित्न सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?