Comments Add Comment

विश्व स्काउट भेलामा अनिशले फहराए नेपालको झण्डा

अमेरिकामा नेपालीको नाममा छात्रवृत्ति

९ साउन, अमेरिका । नेपाल स्काउटका प्रथम सगरमाथा आरोही युवा अनिश लुइँटेलले विश्व स्काउट जेम्बोरीमा नेपालको झण्डा फहराएका छन् ।

अमेरिकाको वेस्ट भर्जिनियामा सम्पन्न २४ औं समारोहमा उनले नेपाल र विश्व स्काउट जेम्बोरीको झण्डा आयोजकलाई हस्तान्तरण गरेका हुन् ।

लुइँटेलले नेपालको संविधान, नेपाली झण्डा र विश्व स्काउटको जम्बोरीको झण्डालाई १ जेठ ०७५ मा विश्वकै सर्वोच्च शिखरमा पुर्याएका थिए । त्यहाँबाट फर्काएर ल्याइएको झण्डा विश्वभरिका स्टाउटर भेला भएको समारोहमा लुइँटेलले जेम्बोरीका सह–अध्यक्ष अमेरिकाका स्कोट सोरल्स र क्यानडाका माइक स्कोटलाई हस्तान्तरण गरे ।

लुइँटेलले हस्तान्तरण गरेको झण्डा ब्वाइज स्काउट अफ अमेरिका, भर्जिनियामा रहेको राष्ट्रिय स्काउट म्यूजियममा राखिने जनाइएको छ ।

समारोहमा नेपालबाट करिब ४० जना उपस्थित भए पनि विशेष आतिथ्य ग्रहण गर्ने लुइँटेल मात्रै थिए । उनले करिब ४५ मिनेट सगरमाथा चढ्दाको अनुभव, १३ वर्षअघिदेखि सुरु स्काउट यात्रा र दिगो विकास लक्ष्यबारे मन्तव्य समेत दिए ।

कार्यक्रमले शान्तिको सन्देश दिन र नेपालको नामलाई विश्वमा चिनाउन मद्दत गर्ने गरेको लुइँटेलले अनलाइनखबरलाई बताए ।

पहिलो पटक २० चैत ०७२ मा सगरमाथा चढ्ने उनको प्रयास असफल भएको थियो । भूकम्पका कारण उनी क्याम्प २ बाट फर्किएका थिए ।

पछि पुनः ७ जेठ ०७३ मा उनी सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । पहिलो पटक नेपालबाट शिखर चुमेका उनले १ जेठ ०७५ चीनतर्फबाट पुनः सफल आरोहण गरेका थिए ।

लुइँटेल नेपाल र चीन दुवैतर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो नेपाली स्काउटरको रुपमा चिनिन्छन् ।

यो पनि पढ्नुहोस सगरमाथा चढ्ने नेपाली स्काउटर: जसले नेपालको संविधानलाई चुचुरोमा पुर्‍याए

अनिशको नाममा छात्रवृत्ति

नेपाली युवा अनिशको सम्मानमा अमेरिकामा एक छात्रवृत्ति दिने समेत घोषणा गरिएको छ । ब्वाइज स्काउट अफ अमेरिका, नर्थन स्टार काउन्सिलले लुइँटेलको सम्मानमा त्यहाँका स्काउटरलाई छात्रवृत्ति दिने घोषणा गरेको हो ।

आयोजकका अनुसार स्काउन्टको क्याप भिजिटमा जान चाहने तर, कमजोर आर्थिक स्थिति भएकालाई यो छात्रवृत्ति दिइनेछ । लुइँटेलले सन् २०१६ मा समगरमाथा चढ्दा संस्थाको १०० औं वार्षिकोत्सवको झण्डा पनि चुचुरोमा लगेका थिए ।

संस्थाको ‘फन्ड रेजिङ’ कार्यक्रममा पनि उनले मन्तव्य राखेका थिए ।

सोही अवसरमा आगामी दिनमा विश्व स्काउटको आधिकारिक पर्वतारोही भएर अनिशले ७ वटा महादेशको ७ वटै हिमाल आरोहण गर्ने पनि घोषणा गरिएको छ ।

विश्व स्काउटका अध्यक्ष क्राइग टर्पीले पनि सामाजिक सञ्जालमा सन्देश जारी गर्दै पर्यावरणको रक्षा र दिगो विकासका लागि चेतना फैलाउने उद्देश्यले अनिशले यो चुनौति लिएको उल्लेख गरेका छन् ।

उनले अगाडि भनेका छन्, ‘लुइँटेल स्काउटका एक च्याम्पियन हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment