Comments Add Comment

युएईमा  एक वर्षमा ९८ नेपालीको मृत्यु

युएई । युएईमा गएको आर्थिक वर्ष ०७५/०७६ मा ९८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ५ जना महिला  र ९३ जना पुरुष रहेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । यो संख्या पछिल्लो ६ वर्ष यताकै धेरै हो ।

मृत्यु हुनेमा सबैभन्दा धेरै प्राकृतिक कारण ४८ जना पुरुष छन । दूतावासले सार्वजनिक गरेको तथ्याकंअनुसार गएको आर्थिक वर्षमा २१ पुरुष र २ जना महिलाले आत्महत्या गरेका छन् । त्यस्तै बिभिन्न दुर्घटनामा परेर २ जना महिलासहित २१ पुरुषको मृत्यु भएको छ ।

गत आर्थिक वर्षमा १ जना महिलासहित ३ जना पुरुषको हत्या भएको छ । हत्या बिषय जटिल र गम्भीर भएकाले थप अनुसन्धानका क्रममा रहेको दूतावासकी द्धितीय सचिव तथा सूचना अधिकारी बिष्णुकुमारी अधिकारीले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment