Comments Add Comment

रंगशाला निर्माणका लागि २४ लाख संकलन, भट्टराईले दिए १० लाख

८, साउन, चितवन । दुई महिना रोकिएर काम सुरु भएकै दिन चितवनमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि २४ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।

चितवनमा रहेको पूर्वेली समाज र त्यसमा आवद्ध सदस्यहरुले २४ लाख रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेका हुन् ।

पूर्वेली समाजले संस्थागत रुपमा ५ लाख, पूर्वेली समाजकै सदस्य कुमार डाँगीले ५ लाख, भरतपुर महानगरपालिका वडा नः १२ का वडाध्यक्ष नरेन्द्र कन्दङ्वाले १ लाख ३५ हजार, घिमिरे ब्रर्दश एण्ड सप्लार्यसका शिव घिमिरेले १ लाख ५ हजार तथा अन्य सदस्यहरुले समेत रंगशाला निर्माणका लागि सहयोग रकम फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई हस्तान्तरण गरे ।

पूर्वेली समाजले गरेको कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा.तिलचन्द्र भट्टराई र उनकी धर्मपत्नी प्रा.डा. शारदा थपलियाले निर्माणाधीन क्रिकेट रंगशाला निर्माणका लागि १० लाख रुपैयाँ सहयोग गरेका छन् ।

डा. भट्टराई दम्पतीले १० लाखको चेक धुुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई हस्तान्तरण गरे । उनले परिवार र आफ्नो संस्था पन्चरत्न गु्रपका तर्फबाट सहयोग गरेका बताए ।

रकम हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र प्रदेश सांसद विजय सुवेदीले पूर्वेली समाजले रंगशाला निर्माणका लागि ठूलो सहयोग गरेको भन्दै सह्राहना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment