१० असार, काठमाडौं । रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ ।
केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि प्रारम्भिक नामावली सार्वजनिक गरेको हो । सार्वजनिक भएको सूची अनुसार, ३८४ जनाको नाम सार्वजनिक भएको छ ।
रास्वपाको संशोधित विधान अनुसार, १५८ जना केन्द्रीय सदस्य हुने व्यवस्था छ । जसमध्ये ९९ जना निर्वाचित हुनेछन् भने ५१ जनालाई सभापतिले मनोनीत गर्नेछन् ।
त्यस्तै, ७ जना प्रदेश सभापतिहरू पदेन सदस्य हुने भएकाले स्वत: केन्द्रीय सदस्य रहनेछन् ।
रास्वपाको महाधिवेशन चिवतनमा जारी छ । जारी महाधिवेशनमा आज बिहान ९ बजेबाट हुने भनिएको मतदान अझै सुरु हुन सकेको छैन ।
सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया धमाधम भइरहेको छ ।
प्रतिक्रिया 4