+
+
Shares

रास्वपा उपसभापतिमा ४ महिलासहित ६ जना आकांक्षी

उपसभापति पदमा हालका उपसभापति डा स्वर्णिम वाग्लेसहित ६ जना आकांक्षी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १० गते १५:११

१० असार, काठमाडौं । रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम जारी छ ।

केन्द्रीय सदस्यको मनोनयन सम्पन्न भइसकेको छ भने पार्टी पदाधिकारीका लागि आकांक्षी नेताहरू बढिरहेका छन् ।

पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । उनी निर्वाचित भएको औपचारिक घोषणा हुन मात्रै बाँकी छ । त्यस्तै पार्टीको वरिष्ठ नेतामा प्रधानमन्त्रीसमेत रहेका बालेन शाह मनोनित हुने पक्का छ ।

यीबाहेक अन्य पदमा निर्वाचन हुँदैछ । ती मध्ये उपसभापति पदमा पनि ६ जना नेता आकांक्षी छन् ।

उपसभापति पदमा हालका उपसभापति डा स्वर्णिम वाग्लेसहित ६ जना आकांक्षी छन् । नेताहरू लीमा अधिकारी, सोविता गौतम, सुनिल लम्साल, प्रतिभा रावल र समीक्षा बाँस्कोटाहरू पनि उपसभापति पदका लागि आकांक्षी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?