Comments Add Comment

एक अर्काकै साहारामा समिम र उकुसा

गायक सुमन केसी र गायिका दीपा लामाले आवाज भरेको चलचित्र ‘क्याप्टेन’मा समावेश ‘सक्दिनँ कि बाँच्न’ बोलको गीत चर्चित छ । अब, सुमन र दीपाकै आवाजमा एक म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतकार अम्बिका गुरुङको मनछुने शब्दमा तयार भएको ‘तिम्रो साहारा’ बोलको गीतमा शंकर थापाको संगीत छ ।

यो गीतको म्यूजिक भिडियोलाई पनि आकर्षक बनाइएको छ । अर्जुन अधिकारीको निर्देशनमा तयार भएको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ । भिडियोमा समिम खान र उकुशा गिरीलाई देख्न सकिन्छ । समिमले केही हिन्दी गीतका म्यूजिक भिडियोमा समेत मोडलिङ गरिसकेका छन् ।

भिडियोमा समिम र उकुसाको प्रेमलाई आकर्षक तरिकाले देखाइएको छ । यूवायूवती प्रेममा परेपछि हुने प्रेमको आशक्ती र उत्पन्न हुने भावनामा नै यो गीत तयार पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment