Comments Add Comment

‘हामी तयार रहेनछौं, छनोट नभएर राम्रै भयो’

हारको जिम्मेवारी लिँदै पारसले माफी मागे

१२ साउन, काठमाडौं । एक वर्षका लाग नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त हुँदा उमेश पटवालको पहिलो लक्ष्य थियो, टी-२० विश्वकप अष्ट्रेलिया ।

तर नेपाल ग्लोबल छनोटमा नै पुग्न सकेन ।

सिंगापुरमा आइतबार सम्पन्न एसिया फाइनलको अन्तिम खेलमा घरेलु टोलीसँग ८२ रनको लज्जास्पद हार व्यहोर्‍यो । पहिलो खेलमा कतारसँग हारेको नेपालले चार मध्ये दुई वटा मात्र खेल जित्थ्याे र तेस्रो स्थामा चित्त बुझायो ।

समग्रमा सिंगो प्रतियोगितामा नेपालको प्रदर्शन सन्तोषनक रहेन । वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियालाई ७ विकेटले हराउँदा ज्ञानेन्द्र मल्लले ५१ रन बनाएका थिए भने कुवेतमाथि ७ विकेटको जित हात पार्दा कप्तान पारस खड्काको ब्याटिङ चलेको थियो । उनले ६८ रन बनाएका थिए ।

फाइनल सरहको खेलमा सिंगापुरविरुद्ध ब्याटिङ, बलिङ र फिलिल्ङ तीनै पक्षमा नेपाल कमजोर देखियो ।

पारस र सन्दीपले प्रदर्शन गर्न नसकेको बेला सिंगो टिमको भूमिका हुने भन्दै प्रशिक्षक पटवालले भने, ‘यूएईमा त्यस्तै भयो । तर यो सँधै नहुने रहेछ ।’

च्याम्पियन बन्ने लक्ष्य लिएर आएको टिम तेस्रो भयो नि भन्ने प्रश्नमा पटवाल भन्छन्, ‘ हामीले स्वीकार गर्नुपर्छ कि हामी तयार रहेनछौं । तयार नभएकाले हाम्रो छनोट भएनौं, राम्रै भयो । यस्तो टिमले ग्लोबल (छनोट) खेल्न सक्दैन ।’

उनले अघि भने, ‘नभए ग्लोबलमा पनि यस्तै हुन्थ्यो ।’

हारको जिम्मेवारी आफूसहित सबैले लिने र किन हार्‍यौं भन्ने समिक्षा गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘बोर्ड नभएको बेला धेरै कुराका लागि संघर्ष गर्नुपर्छ । तर आगामी दिनमा हामी आईसीसीसँग छलफल गरेर अगाडि बढ्छौं ।’

नेपाली टोलीमा खेल जिताउने खेलाडीहरु चाहिएको भन्दै नयाँ अनुहारलाई पनि मौका दिइने बताए ।

पारसले माफी मागे

छनोट प्रतियोगितामा दबाव हुनु स्वभाविक भएपनि आफूहरुले क्षमता अनुसार खेल्न नसकेको कप्तान पारस खड्काले बताएका छन् । भन्छन्, ‘टिमका रुपमा हाम्रो टिम खराब होइन । तर, समग्रमा हाम्रो प्रदर्शन खराब रहृयो ।’

विश्वकप छनोटमा पुग्न खेलाडीहरुका लागि पनि असफलता भएको भन्दै उनले भने, ‘खेलाडी र कप्तानको रुपमा जिम्मेवारी लिन्छु । सर्मथकहरुसँग माफी चाहन्छु ।’

एउटा प्रतियोगिता हार्दैमा सबै सकियो भन्ने नहुने भन्दै उनले व्यक्तिगत र टिमका रुपमा यो प्रतियोगितामा गरेको गल्तीबाट पाठ सिकेर अगाडि बढ्नु पर्ने उनले बताए । उनले अघि भने, ‘अब भाग्यमानी होइन, प्रदर्शन गर्ने टिम बन्नुपर्छ ।’

नेप्लेजको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment