Comments Add Comment

एक खेलअघि नै सिरिज श्रीलंकालाई

१३ साउन, काठमाडौं । बंगलादेशसँगको एकदिवसीय क्रिकेट सिरिज एक खेलअघि नै श्रीलंकाले जितेको छ ।

आइतबार भएको दोस्रो खेलमा घरेलु टोली श्रीलंकाले बंगलादेशलाई सात विकेटले पराजित गरेसँगै सिरिज जितेको हो । यसअघि भएको पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई ९१ रनले जितेको थियो ।

२३९ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ४४.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो । श्रीलंकाका लागि अभिस्का फर्नान्डोले ८२ रन बनाए । त्यस्तै, एन्जेलो माथेवसले अविजित ५२, कुशल मेन्डिसले अविजित ४१ र कुशल परेराले ३० रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २३८ रन बनाएको थियो । बंगलादेशका लागि मुश्फिक्युर रहिमले अविजित ९८ रन बनाए । उनी शतक बनाउनबाट दुई रनले चुके । त्यस्तै, मेहिदी हसन मिराजले ४३ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment