Comments Add Comment

कुन उमेरमा कति नुनसेवन गर्ने ?

हामी बाँच्नका लागि खाना खान्छौ । त्यहि खानाले हामीलाई स्वस्थ बनाएर काम गर्न, हिँडडुल गर्न शक्ति दिन्छ । खाना बिना हामी रहन सक्दैनौ । केहि क्षण खाना नखादा नै हामी कमजोर भएको अनुभव गर्छौं ।

यद्यपि, खाना कति खाने भन्ने बारेमा जानकारी नहुँदा हामीले खाएको खानाले हामीलाई नै हानी पुर्‍याउन सक्छ । त्यसैले खाना खाँदा कति र कसरी खाने भन्ने बारेमा जानकारी हुनु आवश्यक छ ।

आज हामी खानेकुरालाई स्वादिलो बनाउन सहयोग गर्ने र स्वास्थ्यको लागि पनि अति नै आवश्यक पर्ने नूनको बारेमा केही जानकारी प्रस्तुत गर्दैछौं ।

जसरी स्वास्थको लागि नुननभइ नहुने कुरा हो, त्यसरी नै आवश्यकता भन्दा धेरै नूनको प्रयोग स्वास्थको लागि हानिकार पनि हुन्छ । स्वास्थ रहनका लागि नूनको मात्रामा सन्तुलन राख्न आवश्यक छ ।

नूनको आवश्यकता

नुनले हाम्रो शरीरमा पानीको स्तरलाई नियन्त्रण गर्नुको साथै पाचन प्रक्रिया र मिर्गौंलालाई शरीरमा राम्रोसंग काम गर्न सहयोग गर्ने, सुगर कम गर्ने, तनाव र अन्य भावनात्मक समस्याहरुबाट पनि राहत पुर्‍याउने काम गर्छ ।

नुनले हाम्रो शरीरमा मांसपेशीलाई सहि तरीकाले काम गर्न सहयोग गर्छ । हाम्रो शरीरमा नूनको कमि भयो भने विभिन्न समस्याहरु उत्पन्न हुन्छन् । जस्तै- कोलेस्टल बढ्नु, थकाइ लाग्नु, चक्कर लाग्नु, भोक नलाग्नु तथा ब्लड प्रेशर लो हुने जस्ता समस्या उत्पन्न हुन्छन् ।

नुनको बढि मात्रा हानिकारक

नुन शरीरको लागि आवश्यक त हुन्छ नै, तर अधिक मात्रामा नूनको प्रयोगले धेरै रोगहरु उत्पन्न हुन्छन् । नुन धेरै मात्रा सेवन गर्नाले हाइपर टेन्सन, हाई ब्लड प्रेसरको खतरा बढ्छ । जसको कारण हार्ट अट्याकको  खतरा बढ्छ ।

नुनको धेरै मात्राको प्रयोगले रगतमा आइरनको मात्रा कम हुन्छ, जसका कारण एसिडिटी बढ्छ । भोक नहुँदा पनि भोक लागेको अनुभव हुन्छ, जसले शरीरमा धेरै क्यालोरी जम्मा हुन्छ र मानिस मोटाउन थाल्छ ।

नुनसन्तुलित गर्न के गर्ने ?

-खानामा धेरै नूनको प्रयोग नगर्ने

-बढि नुन भएका खानेकुरा खानु हुँदैन

-दहीमा नुनहालेर खानु हुँदैन

-तारेको खानेकुरा कम खानुहोस्

-नुननहालेको सलादको प्रयोग गर्नुपर्छ

-पापड, अचार, चिप्स, नुनहालेको बदाम, पपकर्न, सोया सस, केचअप तथा प्रोसेस्ड फुड अत्यन्त कम खानुपर्छ ।

-मुटु, मृगौला र फोक्सोको समस्या भएका व्यक्तिले सोडियम कम भएको नुनखानु पर्छ ।

-सोडियम क्लोराइडको मात्रा सन्तुलित गर्नका लागि आफ्नो भोजनमा धेरै पोटासियम भएको खाद्यपदार्थ जस्तै- फलफुल र तरकारीको प्रयोग बढि मात्रामा गर्नु पर्छ ।

उमेर अनुसार प्रतिदिन नुनको सेवन

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक व्यक्तिले हरेक दिन उमेर अनुसार नूनको सेवन कम गर्नुपर्छ ।

-शून्य देखि १२ महिना सम्मकाले एक ग्राम भन्दा कम नुनको प्रयोग

-१ देखि ३ वर्षकाले २ ग्राम भन्दा कम नूनको प्रयोग

-४ देखि ६ वर्षकाले ३ ग्राम नूनको प्रयोग

-७ देखि १० वर्षकाले ४ ग्राम नूनको प्रयोग

-११ वर्ष अथवा योभन्दा माथिकाले ५ ग्राम नूनको प्रयोग गर्नु पर्छ ।

हाम्रो शरीरमा भएको कूल नूनको २४ प्रतिशत अंश हड्डीमा हुन्छ । नूनमा ४० प्रतिशत सोडियम तथा ६० प्रतिशत क्लोरीन हुन्छ । आयोडिनको कमिले हुने रोगलाई हटाउनका लागि आयोडिनयुक्त नूनको विश्वब्यापी प्रयोग हुन थालेको पनि वर्षौं भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment