News Summary
Generated by OK AI. Editorially reviewed.- सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजको नयाँ फोन एम १७ फाइभजी सार्वजनिक गरेको छ।
- यो फोनमा सेग्मेन्टमै पहिलोपटक ओआईएस क्यामेरा प्रविधि जडान गरिएको छ।
- फोनको मूल्य ४ जीबी, १२८ जीबी भेरियन्टका लागि २५ हजार ९९९ र ६ जीबी, १२८ जीबीका लागि २७ हजार ९९९ रुपैयाँ तोकिएको छ।
२० कात्तिक, काठमाडौं । सामसङले नेपालमा लोकप्रिय ग्यालेक्सी एम सिरिजको नयाँ फोन एम १७ फाइभजी सार्वजनिक गरेको छ ।
प्रिमियम डिजाइन, मजबुत टिकाउपन र अत्याधुनिक एआई सक्षम फिचरसहित आएको यो स्मार्टफोनमा सेग्मेन्टमै पहिलोपटक ओआईएस अर्थात् नहल्लिने क्यामेरा प्रविधि जडान भएको सामसङले जनाएको छ ।
सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स व्यवसाय निर्देशक प्रणय रत्न स्थापितले प्रिमियम क्यामेरा टेक्नोलोजीलाई यस फोनमार्फत धेरै प्रयोगकर्तासम्म पुर्याइने बताए।
यसमा रियल टाइम एआई एसिस्ट फिचर समावेश छ । यसमा रहेको प्रोसेसरले गेमिङ र स्ट्रिमिङमा छरितो तथा ऊर्जा दक्ष प्रदर्शन प्रदान गर्छ ।
६.७ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको यस फोन धुलो र पानीबाट सुरक्षित बनाइएको छ । २ भेरियन्टमा फोन उपलब्ध छ । ४ जीबी, १२८ जीबीको मूल्य २५ हजार ९९९ रुपैयाँ तथा ६ जीबी १२८ जीबीको मूल्य २७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया 4