News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिगका लागि स्थानीय भाषा समेटिएको अफिसियल एन्थम सार्वजनिक गरेको छ।
- डीएनएक्सले स्वर दिएको एन्थमको शब्द र संगीत दिनेश नेपालीले तयार पारेका हुन् र उत्पादन कपास स्टुडियोमा गरिएको हो।
- प्रमुख कार्यकारी अधिकृत प्रकार खड्काले एन्थमले समर्थकलाई अपनत्वको महसुस गराउने र मैदानमा ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभएको छ।
२० कात्तिक, काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि सुदूरपश्चिम रोयल्सले आफ्नो अफिसियल एन्थम सार्वजनिक गरेको छ ।
सुदूरपश्चिमको स्थानीय भाषा समेटेर तयार पारिएको उक्त एन्थममा ‘खेल्ल पड्यो, लड्ड पड्यो, जित्त पड्यो’ भन्ने लय राखिएको छ ।
डीएनएक्सले स्वर दिएको यस गीतको शब्द र संगीत दिनेश नेपालीले तयार पारेका हुन् । यसको उत्पादन र रेकर्डिङ कपास स्टुडियोमा गरिएको हो ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकार खड्काले यस एन्थमले सुदूरपश्चिमका समर्थकहरूलाई टिमसँग अपनत्वको महसुस गराउने र मैदानमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘यो एन्थमले सुदूरपश्चिमका समर्थकलाई अपनत्वको महसुस गराउनेछ र मैदानमा झनै ऊर्जा निकाल्नेछ ।’
सुदूरपश्चिम रोयल्सको टोली: दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।
मुख्य प्रशिक्षक: जगत टमटा
प्रतिक्रिया 4