+
+
Shares

एकतामा प्रक्रियामा आउन राप्रपा संयुक्तलाई राप्रपाको आहृवान

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १३ गते १२:३४

१३ साउन, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाले एकता प्रक्रियामा आउन राप्रपा संयुक्तलाई आग्रह गरेको छ ।

केन्द्रीय कार्य सम्पादन समितिको सोमबार बसेको बैठकले राप्रपा संयुक्त र अन्य राष्ट्रवादी दलहरुलाई एकता प्रक्रियामा आउन आहृवान गरेको हो । समान विचारधारा भएका दलहरुसँग एकता गर्ने राप्रपा संयुक्तको निर्णयको स्वागत गर्दै राप्रपाले भनेको छ, ‘देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई महसुस गर्दै अविलम्ब एकता प्रक्रियामा आउन यो बैठक आहृवान गर्दछ ।’

राप्रपाले आफ्नो २२ बुँदे मागप्रति सरकार सकारात्मक नभए संघर्षमा जाने चेतावनी दिएको छ ।

बैठकले वैशाखभित्र भ्रातृ संगठन र जेठमा पार्टीको महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?