+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
32/0 (4.5)
VS
चितवन राइनोज 2025
0/0
Shares

फुड फेस्टिबलमा गोली चल्दा ३ जनाको मृत्यु, १५ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १३ गते १३:००

१३ साउन, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा आयोजित एक खाना महोत्सव (फुड फेस्टिबल)मा बन्दुकधारीले आक्रमण गर्दा ३ जनाको मृत्यु भएको छ, १५ जना घाइते भएका छन् ।

पछि प्रहरीको गोली लागेर ती बन्दुकधारीको पनि मृत्यु भएको छ । गिलरोयमा आयोजित गार्लिक फेस्टिबलको अन्तिमतिर आइतबार साँझ बन्दुक आक्रमण भएको हो । अन्दाजी ३५ वर्षका गोरा व्यक्तिले फायरिङ गरेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

गिलरोयका प्रहरी प्रमुख स्कट स्मिथीले पत्रकारहरुसँग भनेअनुसार ती व्यक्ति महोत्सवमा लगाएको बार फोडेर भित्र पसेका थिए । प्रहरीका अनुसार बन्दुक आक्रमणमा दुई जना सन्दिग्ध व्यक्ति छन् । पहिलोले गोली हानेको र दोस्रो सहयोगीको भूमिकामा रहेको प्रहरीको अनुमान छ ।

बन्दुकधारी फेस्टिबलमा प्रवेश गरेको एक मिनेटभित्रै प्रहरी पनि पुगेको प्रहरी प्रमुख स्मिथीले बताएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा मानिसहरु फेस्टिबलबाट भागाभाग गरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?