+
+
Shares

प्रहरी हिरासतबाट भागेका भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १४ गते १७:०४

१४ साउन, वीरगञ्ज । प्रहरी हिरासतबाट भागेका अभियुक्त पक्राउ परेका छन् । भारत बिहार मोतिहारी जिल्ला लिपनी ग्राम पञ्चायत, वडा नं ४ बेल्पा टोल बस्ने १९ बर्षिय फिरोज मियाँ पक्राउ परेका हुन् ।

सिम्रौनगढ नगरपालिका वडा नं ३ नयकाटोल बस्ने गौरीशंकर यादवको जाहेरीको आधारमा चोरी (बगली मारेको कसुर) मा उनी साउन ३ गते पक्राउ परेका थिए ।

प्रहरीले बारा जिल्ला अदालतबाट अनुमति लिएर इलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखेर अनुसन्धान गरिरहेको थियो । सोही क्रममा साउन ७ गते बेलुका खाना खुवाउन बाहिर निकालेको समयमा मियाँ प्रहरी कार्यालयको पर्खाल नाघेर भागेका थिए ।

भागेलगत्तै खोजतलास शुरु गरेकोमा रौतहटको गौरबाट नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?