+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘उत्तर कोरियाद्वारा २ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार’

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १५ गते १०:२९

१५ साउन, काठमाडौं । उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले दाबी गरेको छ ।

दक्षिण कोरियाको सेनाका अनुसार उत्तर कोरियाले पूर्वी तटबाट बुधबार बिहान क्षेप्यास्त्र प्रहार गरेको हो । उत्तर कोरियाले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

गत साता पनि उत्तर कोरियाले दुईवटा क्षेप्यास्त्र प्रहार गरेको समाचार सार्वजनिक भएका थिए । ती क्षेप्यास्त्र ४३० किलोमिटर दूरी पार गर्दै सी अफ जापान (ईस्ट सी)मा खसेको भनिएको थियो ।

तर बुधबार बिहानको क्षेप्यास्त्र भने जापानसम्म नआएको त्यहाँका रक्षामन्त्रीलाई उद्धृत गर्दै दक्षिण कोरियाली समाचार संस्था योनहापले लेखेको छ ।

कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने लक्ष्यअनुसार अमेरिका र उत्तर कोरियाबीच शीर्षस्तरमा वार्ता भए पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?