+

निःशुल्क खेल्न जिम्बाब्वेका क्रिकेटरहरू तयार

२०७६ साउन  १५ गते १०:४४ २०७६ साउन १५ गते १०:४४
निःशुल्क खेल्न जिम्बाब्वेका क्रिकेटरहरू तयार

१५ साउन, काठमाडौं । जिम्बाब्वेका क्रिकेटरहरूले देशमा क्रिकेट बचाइराख्न टी–२० विश्वकप छनोट प्रतियोगिता निःशुल्क खेल्न तयार रहेको बताएका छन् ।

आईसीसीले जिम्बाब्वे क्रिकेटलाई निलम्बन गरेको छ, जसले उसको विश्वकप छनोट अन्यौलमा परेको छ ।

तर क्रिकेटहरुले भने पछि तलब दिए पनि वा नदिए पनि आफूहरु देशका लागि खेल्न तयार रहेको बताएका छन् । ‘सुरुङको अन्त्यमा प्रकाश देखिएसम्म हामी निःशुल्क खेल्न तयार छौं’, एक सिनियर क्रिकेटरलाई क्रिकइन्फोसँग भनेका छन् ।

निलम्बनका बाबजुद जिम्बाब्वेले द्वीपक्षीय सिरिजहरु खेल्न पाउनेछ, यसका लागि आईसीसीले म्याच अफिसियिल नियुक्त गर्नेछ । यो खेलाडीहरुले निःशुल्क खेल्नुपर्ने हुनसक्छ ।

साथै निर्वाचित क्रिकेट बोर्डलाई पुनस्थापित गरे निलम्बन हटेर विश्वकप छनोट खेल्नसक्छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय