+

खोकीको औषधि खाँदा क्रिकेटर शा ८ महिनाका लागि निलम्बित

२०७६ साउन  १५ गते १०:५८ २०७६ साउन १५ गते १०:५८
खोकीको औषधि खाँदा क्रिकेटर शा ८ महिनाका लागि निलम्बित

१५ साउन, काठमाडौं । भारतका क्रिकेटर पृथ्वी शा आठ महिनाका लागि निलम्बनमा परेका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अनुसार, शाले अनजानमा प्रतिबन्धित पदार्थ सेवन गरेका थिए, जुन सामान्य कफ सिरपमा पनि पाइन्छ । बोर्डले भनेको छ, ‘शाले २२ फेब्रअरी २०१९ मा इन्दौरमा सैयद मुस्ताक अली ट्रफीको एक खेलका क्रममा एन्टी डोपिङ जाँचका लागि पिसाबको नमूना दिएका थिए । त्यसमा टर्बुटालाइन पाइयो, जुन प्रतिबन्धित पदार्थमा पर्छ ।’

शाले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन् । तर यो जानीबुझी नभई खोकीको कफ सिरपको रुपमा खाएको उनले बताएको बीसीसीआईले जनाएको छ ।

तर, कानुनअनुसार शामाथि ८ महिनाको प्रतिबन्ध लागेको छ, जुन १६ मार्च २०१९ बाट सुरु भएर १५ नोभेम्बर २०१९ मा पूरा हुनेछ । शासँगै घरेलु क्रिकेटमा खेल्ने अक्षय दुलारवर र दिव्य गजराज पनि ८ महिना निलम्बनमा परेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय