+
+

ट्रकसँग ठोक्किदा मोटरसाइकलमा सवार युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १५ गते २०:२६

१५ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–३ बसामाडी लेवटमा बुधबार साँझ ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २० बर्षीय सौरभ सुवेदी रहेका प्रहरीले जनाएको छ । मोटरसाइकलमै सवार सोही ठाउँका १८ बर्षीय अस्मित सुनार गम्भीर घाइते भएका छन् । उनको चुरेहिल हस्पिटलमा उपचार भइरहेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । दुईमध्ये मोटरसाइकल कसले चलाएको थियो भन्ने खुलेको छैन ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख १५०० नम्बरको ट्रक र हेटौँडाबाट बसामाडीतर्फ जाँदै गरेको ना ३८ प ५३३२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुईजना घाइते भएका थिए ।

दुबैलाई उपचारका लागि चुरेहिल हस्पिटलमा ल्याएकोमा उपचारको क्रममा सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?