Comments Add Comment

सम्बन्धमा पैसाको भूमिका

कुनै पनि नाता-सम्बन्धमा माया, प्रेम र विश्वास आवश्यक पर्छ । जुन सम्बन्धमा माया र विश्वास हुँदैन, त्यो सम्बन्धको आयु लामो हुँदैन । माया-प्रेमले सम्बन्धलाई बलियो बनाउँछ भने विश्वासले सम्बन्धलाई अटूट बनाउँछ । तर हिजो-आज सम्बन्धलाई धन-सम्पति र पैसामा तुलना गर्न थालिएको छ । पैसाले आपसी प्रेम र विश्वासमा चोट पुर्‍याउँछ, एक-अर्काप्रति शंका गर्न र दूरी बढाउन सहयोग गर्छ ।

कुनै पनि सम्बन्धलाई बलियो बनाउनका लागि आपसी माया र विश्वास आवश्यक पर्छ । तर पैसाले आपसी माया, प्रेम र विश्वासमा चोट पुर्‍याउँछ । त्यसैले कुनै पनि सम्बन्धको बीचमा पैसा आयो भने त्यो सम्बन्धमा चिसोपना छाउन थाल्छ ।

पैसाले कुनै पनि बलियो सम्बन्धलाई कमजोर बनाउन सक्छ । पैसाले हरेक व्यक्तिलाई कमजोर बनाइदिन्छ । पैसाले नै व्यक्तिमा लालच उत्पन्न गराउँछ र आफ्नाहरुसँग विश्वासघात गर्न सिकाउँछ ।

आज आफ्नो जन्म दिने आमा-बुबालाई पाल्न पनि सम्पत्तिमा तुलना गर्न थालिएको छ । हिजो-आज अदालतमा समेत बैंकका चेकहरु बाउन्स भएका मुद्दाहरु धेरै आएको सुनिन्छ । त्यसरी चेक बाउन्स हुनुको कारण आफन्तहरुलाई परेको समयमा गरेको आर्थिक सहयोगलाई फर्काउने समयमा विश्वासघातको शिकार बन्न पुग्छन् । जुन सम्बन्धमा कुनैबेला मिठास भरिएको हुन्थ्यो, पैसाको लेनदेनका कारण त्यसमा अमिलोपना आउन थाल्छ र त्यो कुरा अड्डा-अदालतसम्म पुग्छ ।

विवेकको आवश्यकता

पैसा र सम्बन्धमध्ये कुन बढि महत्वपुर्ण हुन्छ भन्ने प्रश्न उठ्न सक्छ । पैसालाई बढि महत्व दिनु भनेको सम्बन्धमा दुरी उत्पन्न गराउनु हो । जब कुनै विषम परिस्थितिमा कुनै साथी अथवा आफन्तले पैसाको ऋण माग्दा नाई भन्न गाहृो पर्छ ।

यस्तो परिस्थितिमा पैसालाई महत्व दिने कि सम्बन्धलाई भन्ने गहन सवाल उठ्ने गर्छ । जुन व्यक्तिले पैसालाई बढि महत्व दिने गर्छ, उसको जीवन र समाजलाई हेर्ने दृष्टिकोण समेत फरक हुन्छ । तर समय र परिस्थिति अनुसार पैसाको लेनदेन विवेक अनुसार गर्दा राम्रो हुन्छ ।

सबै परिस्थितिमा पैसाले सम्बन्धमा अमिलोपना ल्याउँछ भन्ने कुरा सहि नहुन पनि सक्छ । पैसाले त्यस परिस्थितिमा मात्र सम्बन्ध बिग्रन्छ, जुन समयमा मानिसको नियतमा खोट आउँछ  अथवा पैसाको लागि मन बदलिन्छ । कहिले काहीँ परिस्थितिहरु पनि अनुकूल हुँदैनन्, हातमा पैसा नहुँदा ऋण तिर्न समय लाग्छ । त्यसैले केहि धैर्य राख्न पनि आवश्यक हुन्छ ।

यदि तपाईंको विशेष व्यक्तिले तपाईंसँग सानो रकम उधारो माग्छ भने पैसा फिर्ता भएपनि नभए पनि ठिकै छ भन्ने पहिले नै सोचेर मात्र पैसा दिनु पर्छ । यसले सम्बन्ध सधैं सुमधुर हुन्छ ।

सम्बन्धमा चिसोपना आउनुको कारण पैसा भयो भने त्यसलाई गम्भिरताका साथ विचार गर्नु पर्छ । पैसाको कारण आर्थिक मात्र होइन मानसिक रुपमा पनि धेरै समस्याहरु आउँछन् ।

ध्यान दिनु पर्ने महत्वपूर्ण कुराहरु

-यदि पैतृक सम्पतिको कारणले नियतमा खोट आउनाले पनि सम्बन्धमा अमिलोपना उत्पन्न हुन्छ ।

-श्रीमतीद्वारा गरिएको फजुल खर्च र श्रीमान्लाई पैसाको लागि दिएको दवावले पनि सम्बन्धमा अमिलोपन आउन सक्छ ।

-साथीभाई र आफ्न्तसंग पैसाको लेनदेनका कारण विवाद बढ्छ र सम्बन्धमा अमिलोपन आउँछ ।

के गर्ने ?

-घाँटी हेरेर हाड निल्ने नीति अपनाउनु पर्छ ।

-लालचले भरिएका आफन्त तथा साथीभाईबाट टाढा रहनु पर्छ ।

-बजेटको सही व्यवस्थापनले तपाईंलाई अरुसंग ऋण लिनबाट रोक्छ ।

-बिमा पोलिसी अथवा बैंकमा बचत सम्बन्धी योजनाको लाभ उठाउनुपर्छ ।

-यदि ऋरण लिनु नै पर्ने बाध्यता भएमा धैर्य हुनु आवश्यक छ । जसको कारण पैसा र सम्बन्ध दुवै सुमधुर हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment