Comments Add Comment

सिद्धार्थ र कियरा एकसाथ देखिदै

केही समय अगाडि नायक सिद्धार्थ मल्होत्रा र नायिका कियरा आडवाणीको प्रेम चर्चा चलेको थियो । उनीहरु एक–अर्काको प्रेममा रहेको कुराले मिडियामा पनि राम्रो स्थान पाएको थियो । तर, उनीहरुले यो कुरालाई भने स्विकारेनन् ।
अब भने सिद्धार्थ र कियरा एकसाथ चलचित्रमा देखिने भएका छन् ।

चलचित्र ‘शेर शाह’मा उनीहरुले एकसाथ काम गर्ने खबर बाहिरिएको छ । निर्माणपक्षले उनीहरुलाई अफर गरेको छ । मौखिक रुपमा सहमति भइसके पनि लिखित सम्झौता भने भएको छैन ।

ग्याङ्गस्टार चलचित्रमा उनीहरुले पहिलो पटक स्क्रिन शेयर गर्न लागेका हुन् । प्रेम चर्चा चलेदेखि नै यो जोडीलाई पर्दामा हेर्न चाहने दर्शक धेरै छन् । यो जोडीले बक्सअफिसमा धमाका पिट्ने धेरैको अनुमान छ । सिद्धार्थ अभिनित नयाँ चलचित्र ‘जबरिया जोडी’ रिलिजको तयारीमा छ ।

यो चलचित्रमा उनले परिणिती चोपडासँग रोमान्स गरेका छन् । त्यस्तै कियाराले हालै ‘गुड न्युज’को सुटिङ सकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment