Comments Add Comment

यी हुन् बलिउड फिल्मका चर्चित मित्रता 

मित्रताको सन्दर्भ उठाउँदा हामी कृष्ण र सुदामालाई सम्झन्छौं । उनीहरुको आदर्श जोडीले मित्रताको मूल्य कस्तो हुन्छ भन्ने प्रष्ट पार्छ ।

यो चाहि अनस्क्रिन मित्रताको प्रसंग हो, बलिउडकर्मीको । जस्तो कि, शोले चलचित्रका जय-बीरु (अमिताभ बच्चन-धर्मेन्द्र), फिल्म दोस्तानाका विजय-रवि -अमिताभ बच्चन-शत्रुघ्न सिन्हा, फिल्म कुछ कुछ होता हैका राहुल-अञ्जली -शाहरुख खान-काजोलको फिल्मी मित्रतालाई दर्शकहरुले अत्यन्त रुचाएको पाइन्छ ।

बलिउडको सबैभन्दा चर्चित मित्रता भएको जोडी चाहिं जय र बीरुकै हो । फिल्म शोलेमा अमिताभ बच्चन र धर्मेन्द्रको उक्त सुपरहीट जोडीले उक्त फिल्ममा आफ्नो उत्कृष्ट अभिनयका माध्यमले उक्त फिल्मलाई नै इतिहासमै अमर गरिदिएको छ । उक्त फिल्ममा जय तथा बीरुको चरित्रलाई निकै नै हास्यपर तथा हृयुमरस शैलीमा प्रस्तुत गरिएको छ । उक्त फिल्मलाई त्यो बेलाको मात्र होइन, आज पनि उत्तिकै सशक्त मानिन्छ । यो सफलताका पछाडिको एउटा ठूलो कारण जय-बीरुको मित्रतालाई पनि मानिन्छ ।

पछिल्लो समयको फिल्मको कुरा गर्ने हो भने फिल्म मुन्नाभाइ एमबीबीएसका मुन्नाभाइ तथा सर्किटको जोडीलाई पनि दर्शकले अत्यन्त मन पराएका थिए । उक्त फिल्ममा मुन्ना भाइको भूमिका सञ्ज्य दत्त तथा सर्किटको भूमिकामा अरशद वारसीले निर्वाह गरेका थिए । यी दुबैबीचको मित्रता केमेष्ट्रिलाई पनि दर्शकले अत्यन्त रुचाए । जसरी सञ्जय दत्त तथा अरशद वारसीले मुम्बईको स्थानीय टपोरी भाषाको प्रयोग गर्दै संवाद बोलेका थिए, त्यही संवादलाई दर्शकहरुले आफ्नो मनमा बसाए ।

फिलम क्विनमा कंगना रनौत तथा लिसा हेडनको फिल्मी मित्रतालाई दर्शकहरुले सधैं स्मरण गरिरहने छन् । फिल्ममा रानी तथा विजयालक्ष्मीको जोडीलाई शसक्त मानियो । फिल्ममा कंगनाले सोझी युवतीको रानीको भूमिका निर्वाह गरेकी थिइन् भने लिसा हेडनले पाश्चात्य संस्कृतिमा हुर्किएकी युवती विजयालक्ष्मीको भूमिका निर्वाह गरेकी थिइन् ।

आमिर खानको सुपरहिट फिल्म दिल चाहता हैमा पनि मित्रतालाई निकै आकर्षक शैलीमा चित्रण गरिएको छ । उक्त फिल्ममा आकाश, समीर तथा सिडको चरित्रमार्फत तीन जना युवाहरुको मित्रता तथा केमेष्ट्रिलाई निकै लोभलाग्दो शैलीमा चित्रण गरिएको छ ।

शाहरुख खानको सुपरहिट फिल्म कुछ कुछ होता हैमा शाहरुख खान तथा काजोलको मित्रता पनि लोभलाग्दो छ । उनीहरुको मित्रतालाई दर्शकहरुले अत्यन्त रुचाए । उक्त चलचित्रमा चित्रण गरिएको राहुल र अञ्जलीको मित्रतालाई दर्शकहरुले सहजै भुल्न सक्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment