+

डिबालालाई भित्र्याउने होडबाट बाहिरियो म्यानचेष्टर युनाइटेड

२०७६ साउन  २० गते ११:३७ २०७६ साउन २० गते ११:३७
डिबालालाई भित्र्याउने होडबाट बाहिरियो म्यानचेष्टर युनाइटेड

काठमाडौं । युभेन्टसका स्ट्राइकर पाउलो डिबालालाई भित्र्याउने होडबाट म्यानचेष्टर युनाइटेड बाहिरिएको छ ।

सुरुमा रोमेलु लुकाकु युभेन्टस जाने र डिबालासहित अर्का एक खेलाडी यता आउने गरी कुराकानी भएको थियो ।

यद्यपि, डिबालाले आउनेमा शंका लागेपछि युनाइटेडले अर्जेन्टिनी स्ट्राइकरको तलबबारे सोधेको थियो । डिबालाले धेरै तलब माग गरेका छन् ।

प्रशिक्षक ओले गनर सोल्सायरले युवा र भोका खेलाडीहरुलाई प्राथमिकता दिएका छन् र युनाइटेडका अधिकारीहरुले डिबालालाई भित्र्याउन थप सम्वाद नगर्ने निष्कर्ष निकालेको छ ।

डिबाला २०१५ मा युभेन्टस गएका थिए र गत सिजन क्लबका लागि १० गोल गरे ।

युभेन्टस र युनाइटेडबीच सहमति हुन नसकिरहेका बेला इन्टर मिलानका प्रशिक्षक एन्टोनिओ कोन्टेले भने लुकाकुलाई भित्र्याउन सक्नेमा आशावादी देखिएका छन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय