+
+

नेम्वाङको नेतृत्वमा संसदीय विशेष समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २० गते १४:२०

२० साउन, काठमाडौं‌ । प्रतिनिधिसभाले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नेतृत्वमा संसदीय विशेष समिति गठन गरेको छ ।

कांग्रेस र राजपाले गर्दै आएको संसद अवरुद्ध हटाउने क्रममा भएको सहमतिअनुसार यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्नाका लागि संविधान, नियम र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन समिति बनेको हो ।

समितिमा नेकपा प्रमुख सचेतक देव गुरुङ, विन्दा पाण्डे, कांग्रेस सचेतक पुष्पा भुसालका साथै मिनेन्द्र रिजाल, समाजवादी पार्टीका उमाशंकर अरगरिया र राजपाका लक्ष्मणलाल कर्ण सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?