+
+
Shares

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखको फेरि रुलिङ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २० गते १५:००

२० साउन, काठमाडौं । सभामुख कृष्णबहादुर महराले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न फेरि रुलिङ गरेका छन् ।

मधेस तथा थरुहटमा भएका आन्दोलन र आन्दोलनका क्रममा भएको ज्यादतीको छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुख महराले सोमबार फेरि रुलिङ गरेका हुन् ।

राष्ट्रिय जनता पार्टी नेपालको मागमा यसअघि पनि सभामुख महराले पटक पटक प्रतिवेदन सार्वजनिक गर्न रुलिङ गरे पनि सरकारले सार्वजनिक गरेको छैन । सोमबारको संसद बैठकमा राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले उक्त प्रतिवेदन छिटो सार्वजनिक गर्न माग गरे ।

यसअघि सभामुखले पटक पटक रुलिङ गरेको र कानुनमन्त्री भानुभक्त ढकालले सार्वजनिक गर्न प्रतिवद्धतासमेत जनाइसकेको भन्दै उनले अझै सार्वजनिक नगर्दा सरकारमाथि शंका उब्जिएको बताए ।

त्यसपछि सभामुख महराले उक्त विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न विशेष निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?