Comments Add Comment

आधा करोड धरौटी बुझाएर छुटे वीपी स्वास्थ्य प्रतिष्ठानका उपकुलपति

Photo Credit : डा. राजकुमार रौनियार

२० साउन, काठमाडौं । घुससहित रंगेहात पक्राउ गरेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरि रौनियारलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले दुवैलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतका उपरजिष्टार पुष्पराज पाण्डेले राजकुमार र  रामहरिलाई क्रमशः ४८ लाख र ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अनलाइनखबरलाई बताए ।

उनीहरुले धरौटी वापतको रकम अदालतमा बुझाइसकेका छन् ।

यसअघि २६ असारमा रौनियारद्वय ८ लाख रुपैयाँ घुससहित उपकुलपति निवास धरानबाट पक्राउ परेका थिए ।

उपकुलपति रौनियारविरुद्ध ९ साउनमा आयोगले १ करोड २८ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार कसूरमा मुद्दा दायर गरेको थियो भने उनका भतिज रामहरिविरुद्ध ८ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो ।

आयोगका अनुसार श्याम सुन्दर निर्माण सेवा प्रा.लि.का सब कन्ट्याक्टर गिना एवं गिना कन्स्ट्क्सन कम्पनीका प्रबन्ध निर्देशनक सुशीलकुमार झासँग रौनियारद्वयले घुस लिएका थिए । घुस लिएको संवाद अख्तियारसम्म पुगेपछि आयोगले अनुसन्धान थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment