Comments Add Comment

हिरोको बहुप्रतिक्षित ‘एक्सपल्स-२००टी’ छिट्टै नेपालमा

२० साउन, काठमाडौं । हिरोले नेपाली बजारमा फेरि एउटा सशक्त प्रतिस्पर्धी बाइकलाई उतार्ने भएको छ । २०० सीसीको निकै प्रतिस्पर्धात्मक सेगमेन्टमा हिरोले बहुप्रतिक्षित ‘एक्सपल्स-२००टी’ बाइक नेपाल ल्याउन ल्याउने तयारी भएको हो । यो एड्भेन्चर बाइक हो, जुन नेपाली सडकका लागि सबैभन्दा सहज र सुरक्षित मानिन्छ ।

यस वर्षको नाडा अटो-शोमा यो बाइक सार्वजनिक गर्ने तयारी गरिएको छ । युवापुस्ताको सहज र भरपर्दो विकल्पका रुपमा बजारमा यो बाइक उपलब्ध हुन लागेको हो ।

अत्याधुनिक फिचरहरु समावेश रहेको यो बाइकलाई नयाँ जमानाको स्टाइलिस र स्ट्रोङ बाइकका रुपमा अघि सारिएको छ ।

सस्तो मूल्यमा नै शानदार बाइक चढ्न चाहानेहरुलाई एक्सपल्स-२०० टीको विकल्प भेट्न मुस्किल पर्ने देखिएको छ । यो बाइक रोमाञ्चक र सुरक्षित यात्राको सबैभन्दा भरपर्दो सारथि बन्न सक्ने देखिन्छ ।

गज्जब लुक्स

‘एक्सपल्स-२००टी’को ओभरअल लुक्स र फिचर्सलाई हेर्दा यो बाइक नेपाली बजारको बलियो योद्धा बन्न सक्ने देखिन्छ ।

हालको युवा पुस्ताले धेरै रुचाएको लुक्स र फिचर्ससहित आउन लागेकाले यो बाइकले नेपाली बजारमा आउनासाथै धेरैको मन जित्ने अपेक्षा गरिएको छ ।

यो अघि, पछि वा साइडबाट हेर्दा स्पोर्टी मात्रै हैन, स्मार्ट र युनिक पनि देखिन्छ । ‘एक्सपल्स-२००टी’ को फ्रन्ट र रेयर भ्यू नै बजारका लागि नयाँ चुनौति बनेर पेश हुन सक्छ ।

हिरोको बाइक नचढेकाहरुलाई पनि यसले एकपटक तान्नेछ । किनभने दमदार लुक्स, अविश्वसनीय माइलेज र प्रतिस्पर्धात्मक मूल्यले एकपटक बाइक चढ्नेहरुलाई अन्य विकल्पबारे सोच्नबाट रोक्न सक्छ ।

एउटा प्रिमियम बाइकमा हुने सबै किसिमका फिचर्स लोड भएकाले यसले नेपाली युवापुस्ता ‘एक्सपल्स-२००टी’ मा अझ आकषिर्त गर्नेछ ।

शक्तिशाली

नेपाली युवाले यो बाइकलाई लामो समयदेखि प्रतीक्षा गरिरहेका छन् । यो बाइकको इन्जिन निकै शक्तिशाली छ ।

‘एयर कुल्ड’सहित ४ स्ट्रोक र २ भल्भ सिंगल सिलिन्डर ओएचसी इन्जिनले यो बाइकको रोड पर्फरमेन्स दमदार बनाएको छ । यसले ८००० आरपीएममा १८.४ पीएस र ६५०० आरपीएममा १७.१ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा सीभी कर्भुनेटर फ्युल सिस्टम छ । यसमा सेल्फ र किक दुबै स्टार्टको विकल्प दिइएको  छ । यसमा प्रभावशाली एयर फिल्टर प्रणाली पनि जोडिएको छ ।

यसमा मल्टी प्लेट वेक क्लच छ । ५ स्पीडको गेयरबक्स छ ।

आरामदायी

‘एक्सपल्स-२००टी’को यात्रा आरामदायी हुन्छ । किन भने यसको फ्रन्टमा ३७ एमएमको डाई वाला टेलिस्कोपिक र एन्टी फंग्सन बस सस्पेन्स सिस्टम छ ।

यसमा ७ स्टेप राइडर एड्जस्टेबल मोनोसक सस्पेन्सन छ ।

यो बाइक अगाडि २७६ एमएमको डिस्क ब्रेक छ । यसमा सिंगल च्यानल एबीएस छ । त्यसैगरी पछाडि पनि २२० एमएमको डिस्क ब्रेक छ ।

‘एक्सपल्स-२००टी’मा अघि पछि बलियो ट्युबलेस टायर छ ।

सहज र भरपर्दो

यसमा एलसीडी इन्स्ट्रुमेन्ट प्यानल स्पीडोमिटर छ । बाइकमा फूल एलईडी हेड ल्याम्प जोडिएको छ ।

यो बाइक अफरोडमा पनि निकै सजिलोसँग चलाउन सकिन्छ । १७७ एमएमको ग्राउन्ड क्लेयरेन्स छ ।

यो बाइकमा १३९२ एमएमको ह्वील बेस छ । सिटको हाईट ७९९ एमएम छ ।

यो बाइकको तौल १५० केजी छ । १३ लिटरको फ्युल ट्यांक छ ।

‘एक्सपल्स-२००टी’मा स्मनार्टफोन कनेक्टिभिटीको सुविधा छ । यसमा टर्न बाई टर्न नेभिगेसन सुविधा पनि छ ।

‘एक्सपल्स-२००टी’ स्पोर्ट रेड, प्यान्थर ब्ल्याक, मेटल सिल्ड ब्रेक, मेटल ग्रे रंगमा किन्न पाइन्छ ।

यति धेरै विशेषतायुक्त बाइकको मूल्य करिब ३ लाख ३० हजार देखि ३ लाख ५० हजार रुपैयाँको बीचमा पर्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment