+
+
Shares

प्रभु बैंकको नयाँ शाखा ४,२०० मिटरको उचाईमा

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २० गते २३:१४

२० साउन, काठमाडौं । प्रभु बैंक लिमिटेडले डोल्पा जिल्लाको शे फोकसुण्डो गाउँपालिका वडा नं. ७ स्थित साल्दाङ्गमा १९२ औं शाखाको रूपमा शे–फोकसुण्डो शाखा कार्यालय र तनहुँ जिल्लाको बन्दीपूर गाउँपालिका वडा नं. १ स्थित डुम्रेमा १९३औं शाखा कार्यालयको रूपमा डुम्रे शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सोमवारबाट दुवै शाखा एकैसाथ सञ्चालनमा आएका छन् ।

शे–फोकसुण्डो शाखा कार्यालयको समुद्घाटन शे–फोकसुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुण्डुप गुरुङ्गले सोमवार  गरे । त्यसैगरी डुम्रे शाखा कार्यालयको समुद्घाट्न बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले सोही समयमा गरे ।

शे–फोकसुण्डो शाखा कार्यालयको समुद्घाटन गर्दै समारोहका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष टसी तुण्डुप गुरुङ्गले शे–फोकसुण्डो गाउँपालिका भौगोलिक रूपमा नेपालकै अति विकट गाउँपालिकाको रूपमा रहेको बताए ।

यातायात, सञ्चार तथा विद्युत् आपूर्ति समेतको अभाव रहेको गाउँमा प्रभु बैंकको स्वयंको अग्रसरतामा सौर्य ऊर्जाबाट विद्यूत निकाली भि–स्याट प्रविधिको प्रयोग गरी दुर्गम क्षेत्रका बासिन्दाहरूलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउन सक्रियता देखाउनु प्रसंसनीय भएको उनले बताए ।

समुद्री सतह देखि करिब ४,२०० मिटरको उचाईमा रहेको साल्दाङ्गस्थित शे–फोकसुण्डो शाखा कार्यालयबाट उच्च हिमाली क्षेत्रका सर्वसाधारणहरूलाई प्रभु बैंकको अत्याधुनिक प्रविधी सहितको गुणस्तरीय बैंकिङ सुविधा उपभोग गर्न पाउने अवसर प्राप्त भएको छ ।

बैंकको डुम्रे शाखा कार्यालयको समुद्घाट्न गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि पूर्णसिंह थापाले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गरे ।

डुम्रे शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रूपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध हुने उनको विश्वास छ ।

आजदेखि सञ्चालमा आएका शे–फोकसुण्डो तथा डुम्रे शाखा कार्यालयबाट प्रवाह हुने प्रभु बैंकको बैंकिङ सेवाबाट दुवै क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

शे–फोसुण्डो शाखा सञ्चालन पश्चात् नेपाल राष्ट्र बैंकद्वारा प्रभु बैंकलाई तोकिदिएको स्थानीय निकायमा खोल्नु पर्ने सबै शाखा खोली सञ्चालनमा आइसकेको दाबी बैंकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?