+
+
Shares

के नवल नेपालको नाम सिफारिश गर्छन् पुष्प ?

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २१ गते १२:०७

नायक पुष्प खड्का र निर्देशक नवल नेपालको टिमअप गज्जबको छ । पुष्प खड्का नवल नेपाललाई नजिकको मान्छन् । नवल पनि आफ्नो चलचित्रमा पुष्पलाई छुटाउन चाहदैनन् । यसैले, पनि चलचित्र क्षेत्रमा पुष्प र नवलले एक अर्कालाई सिफारिश गर्ने गरेको चर्चा छ ।

विशेषगरि, कलाकारहरुले आफ्ना प्रेमी वा प्रेमिकालाई नै चलचित्रमा लिनुपर्छ भनेर सिफारिश गरिरहेको समयमा पुष्प र नवलको सिफारिशको चर्चा चलिरहेको छ । कुनै स्क्रिप्टको अफर आएको खण्डमा पुष्पले नवलको नाम सिफारिश गर्ने गरेको चर्चा चलिरहेको छ । मिडियाकर्मीको यही प्रश्नमा जवाफ दिदै पुष्पले नवल नेपाल नै आफूले खेल्ने चलचित्रमा हुनुपर्छ भनेर नभनेको बताए ।

तर, उनले नवल नेपाल आफ्नो नजिकको निर्देशक भएको कुरालाई भने नकारेनन् । पुष्पले भने–‘कसैले स्क्रिप्ट ल्याएर मलाई यसका कुन निर्देशक लिदा हुन्छ भन्यो भने मेरो दिमागमा नवल नेपालको बाहेक अरुको नाम आउँदैन ।’

पुष्पले आफूलाई नवल नेपालले ‘मंगलम’ जस्तो चलचित्रमा खेलाएर ‘राष्ट्रिय चलचित्र पुरस्कार’ दिलाएको भन्दै यस्तो अवार्ड दिलाउने निर्देशक हुँदा हुँदै अरुको नाम कसरी लिनु भनेर प्रश्न गरे ? पुष्प र नवलले चलचित्र ‘मंगलम’पछि ‘मारुनी’मा एकसाथ काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?