Comments Add Comment

करोडौँ पटक डाउनलोड भए खतरनाक एपहरु

गुगल प्लेस्टोरमा रहेका नक्कली तथा खतरनाक एपहरुविरुद्ध गुगलले लगातार कदम चालिरहेको छ । तथापि यस्ता एपहरु प्ले स्टोरबाट पूर्णरुपमा हटाउने मामिलामा गुगल सफल भैसकेको छैन ।

हरेक महिना एउटा न एउटा यस्तो खाले रिपोर्ट सार्वजनिक हुन्छ कि त्यसबाट थाहा हुन्छ फर्जी तथा हानी पूराउने खालका यी एपहरुको संख्या कति बढ्दैछ ।

eSET का मालवेयर अनुसन्धानकर्ता लुकास स्टेफेन्कोका अुनसार जुलाई महिनामा मात्रै गुगल प्ले स्टोरमा २ सय ५ वटा हानिकारक एपहरु पत्ता लागेका छन् । त्यस्ता खतरनाक एपहरु एक महिनाको अवधिमै ३ करोड २० लाख पटक डाउनलोड भएका छन् ।

त्यस्तै नेक्स्ट वेबको रिपोर्टअनुसार ती मध्ये धेरैजसो एपहरु छदम विज्ञापनले भरिएका छन् । त्यसमा १ सय ८८ वटा हानिकारक एपहरु १ करोड ९२ पटक डाउनलोड भएका छन् । ती बाहेकका एपहरुमा फर्जी एन्टीभाइरस टुल्स, ठगी विज्ञापन तथा सब्सक्रिप्सन स्क्यामवाला एपहरु समेत रहेका छन् ।

यद्यपि यी एपहरु सबै अहिले प्ले स्टोरमा उपलब्ध भने छैनन्, किनकी गुगलले धेरैलाई हटाइसकेको छ  ।

यस्ता फर्जी तथा हानिकारक एपलाई निर्मूल पार्नका लागि गुगलले सक्रिय रुपमा प्ले प्रोटेक्ट नामको टूलको प्रवर्धन गरिरहेको छ । एन्ड्रोइड फोनमा कुनै पनि एपलाई इन्स्टल गर्नुअघि परीक्षण गर्नका लागि गुगल प्ले प्रोटेक्ट टूलको डिजाइन गरिएको हो । यो टूलले सबैभन्दा पहिले स्मार्टफोनलाई स्क्यान गर्दछ र हानिकारक एपका विषयमा प्रयोगकर्तालाई सचेत बनाउँदछ । यदि भुलवस त्यस्ता हानिकारक एप इन्स्टल गरिएमा त्यसलाई अनइन्स्टल गर्नका लागि नोटिफिकेसन पनि पठाउँदछ ।

गुगल प्ले प्रोटेक्टले फोनमा नचलाइएका एपहरुलाई निस्कृय पनि पारिदिन्छ । साथै कहिलेकाहीँ कतिपय हानिकारक एपहरुलाई आफै हटाइदिन्छ र त्यसको नोटिफिकेसन उपलब्ध गराउँदछ । एजेन्सीको सहयोगमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment