+
+
Shares

महाकाली राजमार्ग खुल्यो, सिल्लेगडा–पुर्चौडी सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते १५:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेनामा गएराति पहिरोले महाकाली राजमार्ग अवरुद्ध भएको थियो।
  • जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बल्देव बडूले अवरुद्ध महाकाली राजमार्ग खुलेको जानकारी दिए।
  • सिल्लेगडा–कालागाउँ–पुर्चौंडी सडक तीन दिनदेखि अवरुद्ध छ र स्थानीयले पहिरो पन्छ्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

२ असोज, बैतडी । पहिराले अवरुद्ध महाकाली राजमार्ग खुलेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेनामा गएराति पहिरोले सो राजमार्ग अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बल्देव बडूले अवरुद्ध महाकाली राजमार्ग खुलेको जानकारी दिए।

पहिरो गएको स्थानमा जोखिम भने कायमै रहेको बताइएको छ । यसअघि गत मङ्गलबार पनि उक्त ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

यस्तै लगातारको वर्षाले पहिरोले सिल्लेगडा–कालागाउँ–पुर्चौंडी सडक तीन दिनदेखि अवरुद्ध रहेको छ ।

उक्त सडकखण्ड अन्तरर्गत दोगडाकेदार गाउँपालिका–२ को डाँडाइजर भन्ने ठाउँमा पहिरो खसेको रौलेश्वर मावि कफलकोटका प्राधानाध्यापक नरेन्द्र भाटले जानकारी दिए।

गत मङ्गलबार पहिरो खसेको र लगातारको वर्षाले पहिरो खस्ने क्रम जारी रहेको छ ।

सडक अवरुद्ध हुँदा सवारीसाधन पूर्णरुपमा बन्द हुनुका साथै पैदल हिँड्नसमेत जोखिम भएको छ ।

स्थानीयहरुले पहिरो पन्छ्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?