+

विश्वकप छनोट फुटबलको लागि प्रारम्भिक टिम घोषणा

२०७६ साउन  २१ गते १४:४१ २०७६ साउन २१ गते १४:४१
विश्वकप छनोट फुटबलको लागि प्रारम्भिक टिम घोषणा

२१ साउन, काठमाडौं । विश्वकप फुटबल २०२२ को छनोटको दोस्रो चरण खेल्ने नेपाली फुटबल टिमको प्रारम्भिक टोली घोषणा भएको छ ।

आज नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले ३१ सदस्यीय टिमको घोषणा गरेका हुन् । सुरुआती प्रशिक्षणमा ३६ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको थियो । प्रशिक्षणबाट पाँच जना खेलाडीलाई टिम बाहिर राखेर मुख्य प्रशिक्षक कालिनले ३१ सदस्यीय खेलाडी प्रारम्भिक चरणमा छनोट गरेको एन्फाले जनाएको छ ।

कमल श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङ्दाम्बे, अमित तामाङ र मिक्चेन तामाङ फालिएका हुन् ।

विश्वकप छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा रहेको छ । यो समूहमा नेपालसँगै कुबेत, चाइनिज ताइपे, जोर्डन र अष्ट्रेलिया रहेका छन् । नेपालले आफ्नो पहिलो खेलमा कुबेतसँग सेप्टेम्बर पाँच तारिखमा खेल्नेछ ।

प्रारम्भिक टिमः

विराज महर्जन, किरण चेम्जोङ, विकेश कुथु, विक्रम लामा, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, विशाल राई, अञ्जन विष्ट, रञ्जित धिमाल, सन्तोष तामाङ, विमल राना, एलन न्यौपाने, अजित भण्डारी, अविषेक रिजाल, रवि सिलवाल, सरोज दाहाल, तेज तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ, रवि पासवान, अनन्त तामाङ, सुनिल बल, सुवास गुरुङ, दिनेश राजवंशी, हेमन गुरुङ, विशाल श्रेष्ठ, विमल पाण्डे, त्रिदेव गुरुङ, भरत खवास, विमल घर्तिमगर, रोहित चन्द ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय